Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

नेप्सेमा दोहोरो अंकको गिरावट, २० अंकले सूचक ओरालो

नेप्सेमा दोहोरो अंकको गिरावट, २० अंकले सूचक ओरालो

  • काठमाडौँ । लगातार तीन दिनसम्म गिरावटपछि मंगलबार अलिक वृद्धि देखाएको सेयर बजार बुधबार पुनः ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार २०.५६ अंकले घट्दै २,५४४.६० बिन्दुमा झरेको हो।

    बुधबारको कारोबारमा ४९ कम्पनीको सेयर मूल्य बढ्दा, १५८ कम्पनीको घट्यो भने ७ कम्पनीको मूल्य स्थिर रह्यो। सेयर घट्ने कम्पनीको संख्या बढेपछि बजारमा समग्र गिरावट आएको हो।

    उक्त दिन ६६ हजार ८२४ पटकको कारोबारमार्फत ८४ लाख ४ हजार ६१६ कित्ता सेयर किनबेच भएको थियो। यस कारोबारको कुल मूल्य ३ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ बराबर रहेको छ, जुन अघिल्लो दिनको ३ अर्ब ६२ करोड ६१ लाख रुपैयाँ भन्दा केही बढी हो।

    बुधबार कारोबार भएका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधनबाहेक सबैको सूचक घटेका कारण समग्र बजारमा दबाब देखियो।

    यद्यपि केही कम्पनीका सेयरमा उल्लेखनीय वृद्धि देखियो। सागर डिस्टिलरी, बुंगल हाइड्रो र बन्दीपुर केबलकार का सेयर मूल्य बुधबार १० प्रतिशतका दरले बढेका थिए, जसपछि सर्किट ब्रेकर लागू गरिएको थियो। त्यस्तै, भूगोल हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेको छ।

    बजार विश्लेषकहरूका अनुसार, लगानीकर्तामा अनिश्चितता र सीमित खरिद चापका कारण बजारमा अस्थिरता देखिएको हो। लगातारको गिरावटले लगानीकर्ताको मनोबल कमजोर बनाएको बताइन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij