काठमाडौँ ।नेपालको नम्बर १ मानिएको टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेडले नेपाल तथा दक्षिण–पूर्व एसियाका लागि नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई आफ्नो आधिकारिक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

यो सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्ताहरुसँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अ्रगणी स्थानलाई थप सुदृढ बनाउने उद्देश्य कम्पनीले राखेको जनाएको हो ।

पारस खड्का नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको रुपमा रहने र उनले टायल्स, बाथवेयर एडेसिभ र वाटरप्रुफिङ लगायत सोमानी सेरामिक्सका सम्पूर्ण उत्पादनहरुको ब्राण्ड प्रवर्धनका विभिन्न क्रियाकलापमा सहभागी गराइने कम्पनीले एक पत्रकार सम्मेलन गरी जनाएको छ ।

सहकार्यको बारेमा बोल्दै सोमानी सेरामिक्सका सहअध्यक्ष सुजित मोहन्तीले पारस खड्कालाई सोमानी परिवारमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै पारसको लगनशीलता र उत्कृष्टताको यात्राले हाम्रो नवीनता र नेतृत्वको सिद्धान्तलाई झल्काउने विश्वास व्यक्त गरे । नेपाल लामो समयदेखि हाम्रो सबैभन्दा मूल्यवान बजारहरु मध्ये एक रहेकोले पारसको विश्वसनीयता र मानिसहरुसँगको सम्बन्धले हाम्रो गुणस्तर, डिजाइन र विश्वासको लक्ष्यलाई अझ बलियो बनाउने बताउँदै मोहन्तीले भने ‘उहाँले सो सहकार्य केवल साझेदारी मात्र होइन् अग्रणी व्यक्तित्व र अग्रणी कम्पनीको मिलन हो, जसले सुन्दर भविष्य निर्माणका लागि प्रेरणा दिनेछ ।”
सोमानीका मार्केटिड प्रमुख तथा उपाध्यक्ष अंशुमान चक्रवर्तीले पारस, एक चर्चित अलराउन्डर र नेपालमा घर–घरमा चिनिएको नाम भएको जनाउँदै पारस केवल खेलमैदानमा उत्कृष्ठता र नेतृत्वका लागि मात्र होइन आफ्नो इमानदारिता र सकारात्मक प्रभावका लागि पनि सबै पुस्तामा लोकप्रिय रहेको बताए । साथै चक्रवतीले पारस युवादेखि परिवारसम्म सबैमा उनको लोकप्रियता भएकाले उनी सोमानीका गुणस्तर, नवीनता र विश्वासका मूल्यहरूलाई प्रस्तुत गर्नका लागि उत्तम व्यक्तित्व रहेको प्रकाश पारे ।
पारस खड्काले यो साझेदारीप्रति उत्साह व्यक्त गर्दै आफुले जीवनमा लिएको मूल्यमान्यता जस्तै उत्कृष्ट र गुणस्तरका लागि निरन्तर प्रयास गर्ने ब्राण्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । सोमानी घर सजावटको क्षेत्रमा विश्वसनीयता र प्रिमियम उत्पादनको रुपमा रहेको र आफुले व्यक्तिगत रूपमा पनि कम्पनीको उत्कृष्टताप्रतिको प्रतिबद्धता देखेको बताए ।
कार्यक्रमामा कम्पनीले, पारस खड्कालाई आगामी दिनमा ब्रान्ड प्रवर्धनका विभिन्न क्रियाकलापमा प्रस्तुतगर्ने जनाएको छ । सोमानी सिरामिक्स लिमिटेड भारतको सिरामिक्स उद्योगका अग्रणी कम्पनीमध्ये एक हो र विश्वका शीर्ष १५ निर्माता कम्पनीमध्ये पर्छ। नेपालमा यो नम्बर १ ब्रान्डको रुपमा स्थापित छ। कम्पनीले मिलेर फ्लोर टायल्स पोलिस्ट मिटिफाइड टायल्स, ग्लेज्ड टायल्स र स्ल्याब्स सेनिटरीवेयर, बाथ फिटिङ्ग्स, एडेसिभ र ग्राउट्स लगायतका निर्माण सामग्रीहरू कम्पनीले उत्पादन गर्दै आइरहेको छ ।
१२,००० भन्दा बढी रिटेल आउटलेटर ५०० मन्दा बढी एक्सलुसिभ सोरुमतहरु रहेको सोमानी टायल्सको विश्वका महादेशको ८० भन्दा बढी देशमा उत्पादनहरु निर्यात गर्दै आइरहेको छ । प्लान्ट र सात साझेदार कम्पनीहरुसँग संयुक्त रुपमा उत्पादन गर्दै आइरहेको छ । कम्पनीले कम्पनीको वार्षिक उत्पादन क्षमता ७५ मिलियन वर्गमिटर छ । जसका लागि भारतभर रहेका आफ्नै दुई प्लान्ट र सात साझेदार कम्पनीहरूसँग संयुक्त रूपमा उत्पादन गर्दै आइरहेको छ । कम्पनीले सेनिटरीवेयर, बाथ फिटिङ्ग्स र एडेसिभ उत्पादनका लागि छुट्टै उत्पादन प्लान्टहरू सञ्चालन गर्दै आइरहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij