Logo

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

Nov 16 2025 | २०८२, कात्तिक ३०गते

images

बैंकहरुले सेयर धितोमा करिब सवा चार अर्ब ऋण  लगानी बढाए

बैंकहरुले सेयर धितोमा करिब सवा चार अर्ब ऋण  लगानी बढाए

  • काठमाडौँ । बैंकहरुले सेयर धितोमा ऋण  लगानी बढाएका छन् ।  चालु आर्थिक वर्ष (आव) पहिलो ३ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा ४ अर्ब २४ करोड ७९ लाख रुपैयाँ ऋण लगानी बढाएका  हुन्।

    सेयर धितोमा बैंक तथा वित्तीय संस्थाको लगानी असोज मसान्तसम्म १ खर्ब ४४ अर्ब ९५ करोड ४५ लाख रुपैयाँ पुगेको छ।बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा प्रवाह गरेको ऋण गत असारसम्मको तुलनामा ३ प्रतिशत बढी हो । असार मसान्तसम्म सेयर धितोमा बैंकहरूको ऋण लगानी १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ थियो।

    तीन महिनामा १ करोड रुपैयाँभन्दा बढीको सेयर धितो कर्जा २ अर्ब ५ करोड ७९ लाख रुपैयाँ प्रवाह भएको छ। असारसम्म १ करोड माथिको ऋण लगानी ९८ अर्ब ९२ करोड रुपैयाँ रहेकामा असोज मसान्तमा आइपुग्दा २.१ प्रतिशतले बढेर १ खर्ब ९८ करोड रुपैयाँ पुगेको छ।

    ५० लाखमाथि १ करोडसम्मको सेयर धितो कर्जा १०.५ प्रतिशतले बढेर १७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा १.५ प्रतिशतले बढेर १७ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।

    २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ३.५ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। सेयर धितो कर्जा लगानीमा अहिले नेपाल राष्ट्र बैंकको नीति खुकुलो छ। राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको सीमा हटाइसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij