काठमाडौं । मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका प्रस्तावहरूका आधारमा २५ वटा निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालय, अर्थ, ऊर्जा, गृह, भौतिक पूर्वाधार, पर्यटन, संघीय मामिला तथा स्वास्थ्य मन्त्रालयका विविध विषयगत प्रस्तावलाई अनुमोदन गर्दै सरकारका तर्फबाट ठोस कार्यान्वयन प्रक्रिया सुरु गरिएको छ।
बैठकले संवैधानिक परिषद् संशोधन अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्ने, नर्वे तथा स्वीट्जरल्याण्डबाट प्राप्त हुने करिब ७.१ मिलियन डलर अनुदान स्वीकार गर्ने, नेप्सेको पुनर्संरचना गर्न समिति बनाउने तथा विश्व बैंकसँग ९५ मिलियन डलर सहुलियतपूर्ण ऋणका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। त्यस्तै, जल तथा मौसम विज्ञानसम्बन्धी विधेयक तयार गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ।
गृह मन्त्रालयका सात निर्णयमध्ये जेनजी आन्दोलनका २,४२९ घाइतेलाई जनही १५ हजार राहत वितरण, चार मलेसियाली नागरिकलाई स्वदेश पठाउने, र माथिल्लो मुस्ताङ भ्रमणमा विदेशी पर्यटकलाई दैनिक ५० डलर शुल्क लगाउने निर्णय प्रमुख छन्। सवारीसाधन इन्धन प्रणालीमा तीन वर्षका लागि छुट, नेपाल वायुसेवा निगममा अमृतमान श्रेष्ठलाई कार्यकारी सञ्चालक नियुक्ति, रुपन्देहीको मर्चवारी गाउँपालिकाको नाम ‘मर्चवारीमाई’ राख्ने तथा शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा डा। कल्पनाकुमारी श्रेष्ठलाई कार्यकारी निर्देशक तोक्ने निर्णय पनि बैठकले गरेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij