काठमाडौँ । एनपीएलको चौथो खेलमा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन गर्दै काठमाडौँ गोर्खाजलाई २९ रनले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदानमा १४८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १६।५ ओभरमै ११८ रनमा समेटियो।
सुदूरपश्चिमका बलर स्कट कुग्ग्लेजिन, हेमन्त धामी र हर्मित सिंहले २–२ विकेट लिएर काठमाडौँको पुछार समेट्ने काम गरे। काठमाडौँका ओपनर आकाश त्रिपाठीले २४ रन बनाए पनि अन्य खेलाडीले योगदान दिन नसकेपछि टोली दबाबमा रह्यो।
यसअघि टस हारेर ब्याटिङमा उत्रेको सुदूरपश्चिमले २० ओभरमा १४७ रन जोडे। हरमित सिंहले २० बलमा तुफानी ५३ रन प्रहार गरे भने कप्तान दिपेन्द्र सिंह ऐरीले ३० बलमा ३९ रन बनाएर टोलीको स्कोर उकासे। काठमाडौँका कप्तान करण केसीले ४ विकेट लिए भने मिलिन्द कुमार, सन्नी पटेल र रशिद खानले २–२ विकेट झारे।
काठमाडौँले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो। सुदूरपश्चिमले भने यही खेलबाट लिग सुरुआत गरेको हो। दुवै टोलीका कप्तान क्रमशः करण केसी ९काठमाडौँ० र दिपेन्द्र सिंह ऐरी ९सुदूर० रहे।
अंक तालिका अपडेट
आठ टिम सहभागी लिगमा सुदूरपश्चिम, चितवन र विराटनगरले शतप्रतिशत नतिजासहित शीर्ष स्थान ओगटेका छन्। एक जित र एक हारसहित काठमाडौँ चौथो स्थानमा छ। जनकपुर, पोखरा र कर्णाली अझै अंकविहीन छन्, भने लुम्बिनी लायन्सले प्रतियोगितामा खेल्न बाँकी छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij