Logo

Nov 20 2025 | २०८२, मंसिर ४गते

Nov 20 2025 | २०८२, मंसिर ४गते

images

आज दिउँसो १ बजे नेकपा एमाले केन्द्रीय सचिवालय बैठक ,यस्ता छन् छलफलका एजेन्डा

आज दिउँसो १ बजे नेकपा एमाले केन्द्रीय सचिवालय बैठक ,यस्ता छन् छलफलका एजेन्डा

  • काठमाडौँ । नेकपा एमालेले आज दिउँसो १ बजे केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बस्न लागेको बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुनेछ।

    बैठकमा आगामी ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सम्बन्धमा विस्तृत छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताएका छन्। साथै, मङ्सिर ६ गते काठमाडौँमा गर्नेगरी तय गरिएको पार्टी प्रदर्शनको तयारी बारे पनि बैठकमा विचार–विमर्श हुने बुझिएको छ।

    एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवै माध्यमबाट दबाब दिने रणनीति अघि बढाउँदै आएको छ। यसैबीच, फागुन २१ मा तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको अन्तिम मिति मङ्सिर १० रहेकाले, एमाले यस भित्री प्रक्रियामा सहभागिता जनाउँछ कि जनाउँदैन भन्ने विषयमा पनि चासो बढेको छ।

    पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुँदैछ। महाधिवेशनका लागि प्रतिनिधि छनोट कार्यक्रम मङ्सिर १३ गते एकै दिन देशभर सम्पन्न गरिने एमालेले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij