काठमाडौँ । गल्कोट समाज जापानले जापानमा सन् २०२६को अवसरमा साँगितिक शृंखलाको आयोजना गर्न लागेको छ ।सन् २०२६को अवसरमा जापानका तीन शहरमा गल्कोट समाज जापानले कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो ।
‘हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी सम्मृद्ध गराऔ’भन्ने मूल उद्देश्यका साथ सामाजिक सेवाको उच्च भावलाई कायम राखी गल्कोटेहरुले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जनाइएको छ ।
गल्कोट क्षेत्रको सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गल्कोट क्षेत्रको विकासमा टेवा पु¥याउने उद्देश्यले सन् २००६ मा स्थापना भएको यस गौरवशाली सस्था गल्कोट समाज जापानले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा,स्वास्थ्य र खेलकुदमा लगानी’ भन्ने उद्देश्य सहित जापानका तीन मुख्य सहरमा कार्यक्रमको आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष रत्नसिङ बस्नेतले जनाएका छन् । २०२५ डिसेम्बर ३१ ओसाका २०२६ जनवरी १ – नागोया २०२६ जनवरी २ – टोकियोमा गरी यो साँगितिक शृंखला २०२६को आयोजना गरिएको अध्यक्ष बस्नेतले बताए ।
गल्कोटेहरुको एकता सद्भाव र सहकार्य गर्दैआइरहेको समाजिक सस्थाको रुपमा स्थापित गल्कोट समाज जापानले गल्कोट मात्र न भएर नेपालका विभिन्न जिल्लामा सहयोग गर्दै आएको छ । यो सस्था जापानमा क्रियाशील संस्थाहरुमध्ये अग्र स्थानमा आउँछ ।
यो केवल एक मनोरंजनात्मक कार्यक्रम मात्र नभई जन्मभूमिको उज्यालो भविष्यका लागि जीवनोपयोगी लगानी गर्ने एउटा महत्वपूर्ण अभियान पनि हो भन्दै कार्यक्रम लाई भव्य रुपमा सफल बनाउन मूल आयोजक समिति संयोजक दिल बहादु थापा रामु ,उप संयोजक डिला गैरे ,सांस्कृतिक संयोजक लोकेश खत्री ,आर्थिक संयोजक महेन्द्र साहानी ,प्रचार प्रसार संयोजक दिलिप कंडेल र टोकियो संयोजक लक्ष्मण कार्की, नागोया संयोजक राम थापा काजी,ओसाका संयोजक नारायण थापा हुने गरि कार्य विभाजन गरिएको सहसचिब दिलीप कडेलले बताए ।
जापानमा विगतका वर्षहरुमा जस्तै यस वर्षको साँगितिक कार्यक्रमबाट सन्चित रकम हाम्रो सामाजिक लक्ष्य (शिक्षा, स्वास्थ्य, खेलकुदमा लगानी) लाई मूर्तरूप दिनका लागि आर्थिक सहयोगको लागी अनुरोधगरेको सस्थाको कोषाधक्ष तथा कार्यक्रमका आर्थिक संयोजक महेन्द्र साहानीले बताए ।
सस्थाले २० औ वर्षसम्म सामाजिक सेवाकोआयामहरुलाई निरन्तरता दिन सफल भएको समाजले फेरि पनि सॉगितिक धमका २०२६मार्फत सामाजिक सेवाको यो अभियानमा एक इट्टा थप्ने आशा र विश्वास गरिएको छ । वर्ष २०२६ को सॉगीतिक शृङ्खलालाई सफल बनाउन यहाँहरूको आर्थिक नैतिक भौतिक रुपमा र हलसम्म उपस्थित भएर सहयोग गरिदिनुका साथै जापानभर रहेका सम्पूर्ण क्रियाशील नेपाली संघ–संस्था, क्लब, क्षेत्रीय समाज तथा संगठनहरूलाई माथि उल्लेखित मितिहरूमा आफ्ना कार्यक्रमहरू नजुधाइ दिन अनुरोध गरिएको छ । कार्यक्रम आफुलाई पायक पर्ने ओसाका ,नागोया र टोक्योलाई आर्थिक नैतिक र भौतिक रुपमा उपस्थीत भएर सहयोग गरिदिन सस्थाका प्रवक्ता सन्तोस पुनले अनुरोध गरेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij