Logo

Nov 20 2025 | २०८२, मंसिर ४गते

Nov 20 2025 | २०८२, मंसिर ४गते

images

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडद्वारा  पौने १७ लाख बढी कित्ता सेयर बिक्री गरिँदै

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडद्वारा  पौने १७ लाख बढी कित्ता सेयर बिक्री गरिँदै

  • काठमाडौँ ।  एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले विभिन्न ८ कम्पनीमा आफ्नो नाममा रहेको १६ लाख ७७ हजार १६ कित्ता सेयर बिक्री गर्ने भएको छ।

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले निर्देशन दिएको पाँच महिनापछि बसेको बैठकबाट यस्तो निर्णय गरिएको छ । एनआरएनको सञ्चालक समितिले ७ कम्पनीमा रहेको संस्थापक र दुई कम्पनीमा रहेको साधारणसेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

    एनआरएनले विभिन्न ७ कम्पनीमा आफ्नो नाममा रहेको १६ लाख ४८ हजार ८ सय कित्ता संस्थापक र दुई कम्पनीमा रहेको २८ हजार २ सय १६ कित्ता साधारण सेयर बिक्री गर्ने निर्णय गरेको जनाएको छ।

    एनआरएनले प्रभु महालक्ष्मी इन्स्योरेन्समा रहेको ५ लाख ८४ हजार, कुमारी बैंकमा रहेको ५ लाख ३० हजार, नेसनल फण्ड म्यानेजमेन्टमा रहेको २ लाख २५ हजार, नेस्नल माइक्रोफाइनान्समा रहेको १ लाख ७ हजार ४ सय ८४, मेरो माइक्रोफाइनान्समा रहेको ७८ हजार २ सय ९, नेरुडे मिर्मिरे लघुवित्तमा रहेको ७४ हजार १ सय ६ र हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीमा रहेको ४० हजार १ कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया अगाडि बढाउने भएको छ। सेबोनले गत असार ९ गते कम्पनीलाई निर्देशन दिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij