काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा आज बिहीबार दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म पुनः कर्फ्यु आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारीसार्वजनिक गरेको हो ।
हिजो तनाव बढेपछि कर्फ्यु लगाइएको थियो । आज सम्भावित तनाव बढ्न नदिन कर्फ्यु लगाइएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij