Logo

Nov 20 2025 | २०८२, मंसिर ४गते

Nov 20 2025 | २०८२, मंसिर ४गते

images

मुस्ताङ भन्सारको पहिलो चार महिनामा पौने चार अर्ब बढी राजस्व संकलन

मुस्ताङ भन्सारको पहिलो चार महिनामा पौने चार अर्ब बढी राजस्व संकलन

  • काठमाडौँ ।  मुस्ताङको कोरला नाकाबाट आयात बढ्दा राजस्व संकलन बढेको छ। चालु आथिक वर्ष पहिलो चार महिनामा मुस्ताङ भन्सार कार्यालयले पौने चार अर्ब बढी राजस्व संकलन गरेको हो ।

    हालसम्म ३ अर्ब ७६ करोड ३७ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरिएको जनाइएको छ ।कात्तिक महिनामा मात्रै ८४ करोड ५६ लाख ९० रुपैयाँ राजस्व संकलन भएको छ। जाडो बढ्दै आवागमन घट्न थाले पनि यसपटक नाका अझै सञ्चालनमै रहेको छ । चिनियाँ सामान भित्रिने क्रम नियमित भइ रहेको भन्सारका अधिकारीहरूले जनाएका छन् ।

    उनीहरूका अनुसार कोरला नाकाबाट जाडोका रेडिमेड कपडा, कच्चा पदार्थ, खुद्रा सामान र जुत्ताचप्पल तथा कस्मेटिकका सामान पनि आयात भइरहेको  छ । ‘चिसो बढ्यो, अब बिस्तारै यताबाट आयात घट्दै जाने छ। नाकापारी लोड भएर बसेका कन्टेनरहरू सबै नेपाल तर्फ आउन अझ बाँकी रहेका छन् । चिनियाँहरुले चिसोको कारण देखाउदै थोरै संख्यामा कन्टेर छोडिरहेका छन् ।  

    हाल मुस्ताङ भन्सारमा ४० भन्दा बढी कन्टेनर व्यवसायीका सामान आयात भएका छन्। यो नाकाबाट इभी (विद्युतीय गाडी)को आयात घटेको छ। अहिले भन्सार क्षेत्रमा जाँचपास बाँकी रहेका करिब ४० वटा इभी अझ छन्। बाँकी कोरला नाकापारी चिनियाँ भन्सारमा लोड भए पनि नेपालतर्फ आउन बाँकी छ ।

    गत असार अन्तिममा भोटेकोसी बाढीले रसुवागढी नाका अवरुद्ध भयो । त्यसपछि विकल्पको रूपमा कोरला नाका प्रयोगमा ल्याइएको हो। कोरला नाका मध्य हिउँदमा हिमपातले सडक अवरुद्ध हुने भएकाले बन्द रहने गर्छ । आयात व्यापारमा संलग्न कारोबारीहरुका अनुसार उक्त क्षेत्रबाट आयात तातोपानी र रसुवागढी नाकाका तुलनामा समय र ढुवानी खर्च बढी पर्ने गरेको छ । अर्को राम्रो  विकल्प नभएकाले कोरलाबाट मालवस्तु आयात गर्नु व्यवसायीहरूको बाध्यता रहेको छ ।

    सोहीगरी तातोपानी भन्सार कार्यालयमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ४ अर्ब २८ करोड राजस्व संकलन भएको छ।कात्तिकमा मात्र करिब ३६४ वटा इभी आयात भएका छन्। त्यसबाट १ अर्ब २० करोड राजस्व संकलन भएको जनाइएको छ। यतिबेला चिनियाँ पक्षले तातोपानी हुँदै साताका दुई दिन आइतबार र बुधबार मात्र इभी गाडी पठाउने गरेका छन्। साताको पाँच दिन अन्य मालवस्तु बोकेका कन्टेनर पठाउने गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij