काठमाडौँ । काठमाडौँ उपत्यकाको मुख्य फोहोर व्यवस्थापन स्थल बञ्चरे डाँडामा लामो समयदेखि जारी अवरोध समाधानतर्फ अग्रसर भएको छ। बिहीबार सिंहदरबारमा स्थानीय बासिन्दा र सरकारबीच भएको छलफलपछि ११ बुँदे सहमति भएको छ। सहमतिसँगै स्थानीयले फोहोर ढुवानी तथा विसर्जनमा लगाएको अवरोध तत्काल हटाई व्यवस्थापन कार्य सुचारु गर्न तयार भएको घोषणा गरेका छन्।
यसअघि पटक–पटक माग बेवास्ता भएको भन्दै स्थानीयले कडा आन्दोलन गरेका थिए। १५ दिनअघिमात्र शहरी विकासमन्त्री कुलमान घिसिङले समाधानको आश्वासन दिए पनि कार्यान्वयन नहुँदा विवाद चर्किएको थियो। नयाँ सहमतिलाई समस्याको दीर्घकालीन समाधानतर्फको सकारात्मक कदमका रूपमा लिइएको छ।
सहमतिका प्रमुख बुँदाहरू (संक्षेपमा सुधारसहित)
१.मुद्दा र क्षतिपूर्ति
– अघिल्ला आन्दोलनका क्रममा स्थानीयमाथि चलाइएका मुद्दाहरूको तत्काल निर्णय गरी पत्राचार गर्ने।
२. मुआब्जा र बजेट
– ईआईए प्रतिवेदनअनुसार जग्गा अधिग्रहणका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गर्ने।
– काठमाडौँ महानगरपालिकाले सिसडोल प्रभावित क्षेत्रलाई आधार मानी बञ्चरेका अति प्रभावित परिवारलाई १ महिनाभित्र घर–टहरा तथा बालीको क्षतिपूर्ति हालकै मूल्यमा उपलब्ध गराउने।
३. लिचेट तथा प्रदूषण नियन्त्रण
– क्यापिङ लेयर बाहिर डाँडा काटेर फोहोर फाल्ने कार्य तत्काल रोक्ने र दोषीमाथि कानुनी कारबाही गर्ने।
– लिचेट व्यवस्थापनका लागि १५ दिनभित्र विज्ञ टोली गठन गरी दीर्घकालीन समाधानको प्रक्रिया सुरु गर्ने।
४.स्वास्थ्य र शिक्षा
– बञ्चरे तथा सिसडोलका अति प्रभावित स्थानीयलाई १ महिनाभित्र विशेष कार्डमार्फत उपत्यकाका सरकारी अस्पतालमा सबै रोगको निःशुल्क उपचार सुविधा लागू गर्ने।
– स्कुल तथा कलेजमा प्रभावित क्षेत्रका बालबालिकाका लागि १ महिनाभित्र अनिवार्य कोटा व्यवस्था गर्ने।
५. आर्थिक सहयोग र रोजगारी
– क.म.न.पाबाट दुई पालिकालाई दिँदै आएको ३र३ करोड रकम बढाएर ६र६ करोड पुर्याउने।
– आगामी आर्थिक वर्षमा बजेट वृद्धि गरी बेलकोटगढी नगरपालिकालाई पनि समावेश गर्न आग्रह गर्ने।
– प्रभावित स्थानीयलाई रोजगारीका अवसर प्रदान गर्ने सम्बन्धी एजेन्डा पेश गर्ने।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij