काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूले अब काइरोप्र्याक्टिक तथा म्यानुअल थेरापी केन्द्रमा उपचार सेवा लिँदा १० प्रतिशतसम्म विशेष छुट पाउने भएका छन्। बैंक र थेरापी केन्द्रबीच हालै सम्पन्न सहकार्य सम्झौतासँगै उक्त सुविधा लागू भएको बैंकले जनाएको छ।
सम्झौता अनुसार बैंकका ग्राहकले बालुवाटार, त्रिपुरेश्वर (काठमाडौँ) र बुटवलस्थित थेरापी केन्द्रका शाखाहरूमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरेपछि छुट प्राप्त गर्न सक्नेछन्।
यस सुविधाको उपयोगका लागि ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन्र्। साथै मोबैंक एप मार्फत गरिएको भुक्तानीमा पनि छुट लागू हुनेछ।
एनआईसी एशिया बैंकले स्वास्थ्य सेवा क्षेत्रमा छुट उपलब्ध गराउने यस सहकार्यले गुणस्तरीय उपचारमा पहुँच सहज बनाउने, डिजिटल भुक्तानीको प्रयोग बढाउने तथा देशलाई क्यासलेस अर्थतन्त्र तर्फ उन्मुख गराउन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij