Logo

Nov 24 2025 | २०८२, मंसिर ८गते

Nov 24 2025 | २०८२, मंसिर ८गते

images

बोनस सेयरमा लाग्ने कर अब कम्पनीले नै बुझाउनुपर्ने : धितोपत्र बोर्डको नयाँ व्यवस्था

बोनस सेयरमा लाग्ने कर अब कम्पनीले नै बुझाउनुपर्ने : धितोपत्र बोर्डको नयाँ व्यवस्था

  •  

    काठमाडौँ । धितोपत्र बोर्डले बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर अब कम्पनीले नै व्यहोर्नुपर्ने व्यवस्था गरेको छ। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका संशोधन गर्दै बोर्डले सेयरधनीलाई बोनस लाभांशमा कर तिर्नुपर्दैन भन्ने प्रावधान स्पष्ट पारेको हो।

    निर्देशिकाको दफा ४० मा उपदफा ७ थपेर बोर्डले संगठित संस्थाहरूले बोनस सेयर वितरण गर्दा सोही बोनस लाभांशबाट मिलान गरी कर स्वयं भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ।

    संशोधित निर्देशिकामा भनिएको छ,“बोर्डमा धितोपत्र दर्ता गरेका सम्पूर्ण संगठित संस्थाहरूले शेयरधनीलाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संस्थाले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था मिलान गर्नुपर्ने छ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij