Logo

Nov 24 2025 | २०८२, मंसिर ८गते

Nov 24 2025 | २०८२, मंसिर ८गते

images

लगानी बोर्डमा १६ अर्ब बराबरका आयोजना पाइपलाइनमा, विदेशी लगानी आकर्षित गर्न वातावरण सुधार गर्दै

लगानी बोर्डमा १६ अर्ब बराबरका आयोजना पाइपलाइनमा, विदेशी लगानी आकर्षित गर्न वातावरण सुधार गर्दै

  •  

    काठमाडौं । लगानी बोर्डमा हाल करिब १६ अर्ब रुपैयाँ बराबरका विभिन्न ऊर्जा तथा पूर्वाधारसम्बन्धी परियोजना पाइपलाइनमा रहेको जनाएको छ। यी परियोजनामा जलविद्युत्, सूचना प्रविधि पार्क, हाइड्रोजन ऊर्जा, कृषि–सोलारलगायतका क्षेत्र समेटिएका छन्।

    लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले जेनजी आन्दोलनपछि विदेशी लगानीकर्ताको विश्वास पुनःस्थापना गर्न बोर्ड निरन्तर सक्रिय रहेको बताएका छन्। गत आर्थिक वर्षमा बोर्डले २ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको र चालु आर्थिक वर्षका लागि ७ खर्ब स्वीकृत गर्ने महत्वाकांक्षी लक्ष्य राखिएको उनले जानकारी दिए।

    नेपाल आर्थिक पत्रकार संघ ९नाफिज) सँगको भेटमा सीईओ ज्ञवालीले भदौ २३ र २४ को जेनजी आन्दोलनका कारण अन्तर्राष्ट्रिय रूपमा नेपालप्रति नकारात्मक धारणाहरू बनेपछि ती सुधार गर्ने प्रयास भइरहेको बताए। हालको राजनीतिक वातावरण र नीतिगत अनिश्चितताले विदेशी लगानीकर्ताको आत्मबल कमजोर पारेको उल्लेख गर्दै उनले विश्वास निर्माण नै मुख्य चुनौती रहेको बताए।

    उनका अनुसार संकटका बीच पनि बोर्डले सेवा प्रवाह एक दिन पनि नरोकी काम निरन्तर जारी राखेकोले लगानीकर्तामाझ सकारात्मक सन्देश पुगेको छ। “हामी उठ्नैपर्छ भन्ने भावनासहित सबै सरोकारवालालाई एकै ठाउँमा ल्याई विश्वासको वातावरण बनाउने प्रयास भइरहेको छ,” सीईओ ज्ञवालीले भने।

    बोर्डले जलविद्युत्, सिमेन्ट, पर्यटन, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा खर्बौँको लगानी स्वीकृत गरिसकेको छ। विगतमा सरकारले आयोजना तय गरी लगानीकर्ता खोज्ने परम्परालाई तोड्दै अहिले लगानीकर्तालाई नै आफ्ना नवीन सोच र प्रस्तावका साथ आउन प्रोत्साहन गरिएको उनले बताए।

    “हामी लगानीकर्तालाई सोध्ने गर्छौं— तपाईंहरू के चाहनुहुन्छरु यसले बाजारको माग र लगानीकर्ताको विशेषज्ञताअनुसारका परियोजनाहरू आउन थालेका छन्,” ज्ञवालीले भने। विदेशी लगानीकर्ताको प्रमुख चिन्ता राजनीतिक अस्थिरता र नीतिगत अनिश्चितता भएको उल्लेख गर्दै उनले बोर्डले कानुनी सुधारमार्फत लगानी सुरक्षित हुने भरोसा दिलाउने तयारी गरिरहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij