काठमाडौँ । बैंकहरूको ऋण ब्याजदर थप सस्तिएको छ । वाणिज्य बैंकहरुको औसत आधार दर साढे ५ प्रतिशतमा आएको छ। आधार दर तल आएसँगै कर्जा थप सस्तिन पुगेको हो ।
स्टान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य र एभरेष्ट बैंकको आधार दर ५ प्रतिशतभन्दा तल आएको छ। आधार दर स्टान्डर्ड चार्टर्ड बैंकको ४.३६, राष्ट्रिय वाणिज्य बैंकको ४.५६ प्रतिशत र एभरेष्ट बैंकले ४.८५ प्रतिशतमा झरेको हो।
१८ वटा वाणिज्य बैंकहरुको आधार ६ प्रतिशतभन्दा कम छ। दुई बैंकको आधार दर ६ प्रतिशतभन्दा माथि छ। प्राइम कमर्सियल बैंकको ६.१२ प्रतिशत र एनआइसी एशिया बैंकको ६.६८ प्रतिशतमा रहेको छ।
बैंकले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्छन्। ऋणको माग सुस्त रहेका कारण धेरैजसो बैंकले न्यून प्रिमियम थपेर कर्जाको स्किम ल्याएका छन्। एनआइसी एशिया बैंकले आधार दरमा शून्य प्रतिशत प्रिमियममा सेयर धितो कर्जा प्रवाह भइरहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij