सोल /काठमाडौँ । दक्षिण कोरियाले दक्ष र उच्च दक्ष श्रमिकका लागि ई–सेभन भिसा मार्फत दक्ष श्रमिक आपूर्ति गर्ने गरेको छ । यो प्रावधान निजी क्षेत्र सँगको सहकार्यमा पनि हुनेगर्छ । तर नेपालबाट थ्रीडी वर्कमा मात्र श्रमिक ल्याइने र पठाउने गरिएको छ । सबैभन्दा अफठ्यारो काममा नेपाली श्रमिकले काम गरिरहेका छन् । अन्य देशका दक्ष श्रमिकले कोरियामा ७ देखि ८ लाख रुपैयाँ मासिक कमाउँदा ईपीएसबाट आउने श्रमिकले बढीमा ३ लाख मात्र कमाउन पाएका छन् ।
ईपीएस अवधि पुरा गरेका केही श्रमिकले आफनो भिसा ई–सेभन भिसामा रुपान्तरण गरेका छन् । तर त्यो संख्या कम छ । कोरियाली सेवा प्रदायकहरूले नेपाली श्रमिकलाई ज्यादै मन पराउँछन् । १६ वटा श्रमिक आपूर्ति गर्ने देशमध्ये नेपाल अग्रस्थानमा छ । तर नेपालमा केही स्वार्थ समुहहरूले यो प्रावधान लागु हुन दिइरहेका छैनन् ।कोरियाका एक व्यवसायीले जनाए अनुसार नेपालमा अख्तियारको हल्ला फैलाएर दक्ष श्रमिक ल्याउन पठाउन रोकिएको छ । निजी तवरबाट जान सक्ने प्रावधान तत्काल कार्यान्वयन गर्न नदिएकाले पनि यस्तो अवस्था आएको हो ।
नेपालको वैदेशिक रोजगार व्यवसायी संघलले बेनामे उजुरीका आधारमा अख्तियारले रोकेको हो । ई–सेभनमार्फत कोरिया आउने श्रमिकले कम्तीमा पाँच लाख नेपाली रुपैयाँ कमाउँछन। तर बी टु बी मा विकृति हुन्छ भन्दै जाने बाटो नै रोकिएको छ । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेश बस्नेतले भने अनुसार कसैले पनि किन रोकियो भन्ने चित्त बुझदो जबाफ दिन सकिएको छैन।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij