Logo

Nov 28 2025 | २०८२, मंसिर १२गते

Nov 28 2025 | २०८२, मंसिर १२गते

images

कांग्रेस सम्बद्ध युवा–विद्यार्थीको मंसिर १२ नियमित महाधिवेशन समर्थनमा बृहत् भेला हुने

कांग्रेस सम्बद्ध युवा–विद्यार्थीको मंसिर १२ नियमित महाधिवेशन समर्थनमा बृहत् भेला हुने

  • काठमाडौँ। नेपाली कांग्रेस सम्बद्ध युवा र विद्यार्थी संगठनहरूले आगामी मंसिर १२ गते नै नियमित महाधिवेशन गर्नुपर्ने मागसहित बृहत् भेला आयोजना गर्ने भएका छन्। भेला शुक्रबार बिहान ११ बजे तीनकुनेस्थित एक व्याङ्क्वेटमा सञ्चालन हुने जनाइएको छ।

    कार्यक्रमका तयारीका लागि बुधबार बसेको बैठकमा पार्टीका बाग्लुङ जिल्ला सभापति जित शेरचन, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, महिला संघकी अध्यक्ष उषा मिश्र, नेपाल किसान महासंघका अध्यक्ष गणेश चन्द्र तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो।

    बैठकमा नेपाली कांग्रेसका महिला केन्द्रीय सदस्य, तरुण दल केन्द्रीय सदस्य, युवा तथा विद्यार्थी संघका केन्द्रीय सदस्यहरू तथा आस्थावान युवा–विद्यार्थीहरूको सहभागिता रहेको थियो।

    कार्यक्रमको दिन विभिन्न स्थानबाट र्यालीसहित कार्यकर्ताहरू उपस्थित हुने जानकारी बैठकमा देाइएको छ। नियमित अधिवेशनको पक्षमा आयोजित भेलामा पार्टीका विभिन्न तहका नेताहरूले सम्बोधन गर्ने विद्यार्थी नेता मनिषजङ्ग थापाले बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij