काठमाडौँ।बिहीबार सुनको मूल्य घटेर रु दुई लाख ४८ हजार ४०० कायम भएको छ । सुन तोलामा रु ४०० ले घटेको छ भने चाँदी रु ६० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४८ हजार ४०० कायम भएको हो ।
आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार २८० कायम भएको छ । हिजो सुनको मूल्य प्रतितोला रु दुई लाख ४८ हजार ८०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार २२० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । –––
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij