Logo

Nov 27 2025 | २०८२, मंसिर ११गते

Nov 27 2025 | २०८२, मंसिर ११गते

images

भगवती कम्पोजिटको आईपीओ बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

भगवती कम्पोजिटको आईपीओ बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

  • काठमाडौं । भगवती कम्पोजिट इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि जारी पूँजीको २० प्रतिशत बराबरका प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँमा ६ लाख ४४ हजार कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सो सम्बन्धी सम्झौतापत्रमा कम्पनीकी अध्यक्ष दक्षिणा गैह्रे न्यौपाने र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन्।
    विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै उद्योगजन्य वस्तु उत्पादन गर्दै आएको भगवती कम्पोजिट इन्डस्ट्रीजले आगामी विस्तार र आमसर्वसाधारणको सहभागिता सुनिश्चित गर्न आईपीओ निष्काशन प्रक्रिया अघि बढाएको हो।
    नेपाल लाइफ इन्स्योरेन्सको सहायक संस्था नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूति, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिस्ट्रेशन तथा आईपीओ निष्काशन–बिक्री प्रबन्धनका लागि अनुमति प्राप्त एक स्थापित मर्चेन्ट बैंक हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij