Logo

Jan 15 2025 | २०८१, माघ २गते

Jan 15 2025 | २०८१, माघ २गते

images

अरुण काबेली पावरको लिलामी सेयर बाँडफाँट


नया सडक

२०८०, मंसिर ५ मंगलबार (From Archieve)

  • 594
    Shares

  • अरुण काबेली पावरको लिलामी सेयर बाँडफाँट

    काठमाडौं । अरुण काबेली पावरले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो । सोही लिलामी सेयर सोमबार (मंसिर ४ गते) बाँडफाँट गरिएको हो ।

    जसमा न्यूनतम १४६ रुपैयाँ १० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन् । कम्पनीले बिक्री नभएको सर्वसाधारण समूहको सेयर कम्पनीले असोज ३० गतेदेखि कात्तिक १४ गतेसम्म लिलामीमा ल्याएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij