Logo

Jul 27 2024 | २०८१, साउन ११गते

images

स्थिर मुद्राको अवैध दैनिक अस्थिर विनिमय दर निर्धारण भई चलिरहेको सीमा व्यापार


नया सडक

२०८०, मंसिर १८ सोमबार (From Archieve)

  • 348
    Shares

  • स्थिर मुद्राको अवैध दैनिक अस्थिर विनिमय दर निर्धारण भई चलिरहेको सीमा व्यापार


    जनकपुरधाम । नेपाली  मुद्राको भारुसँगका विनिमिय दर स्थिर तोकिएको छ । एक सय भारु रुपैयाको नेपाली एस सय साठी रुपियाँ बैंक विनिमय दर तोकिएको हो ।

    नेपालको सीमावर्ती क्षेत्रमा अहिले नेपाली मुद्रा भारतीय मुद्राको तुलनामा बलियो भएयता भारतीय बजारमा  विनिमय दर  अवैधरूपमा दैनिक विनिमय दर निर्धारण हुने गरेको छ ।

    सीमावर्ती भारतीय बजारमा त्यहाँका व्यापारीहरूले आपसी सहमतिका आधारमा नेपाली  मुद्राको भारुसँगको विनिमय दर निर्धारण गर्ने गरेका छन् ।

    गत शुक्रबार एक सेवाग्राहीले भिट्ठामोड  बजारमा नयाँ सडकसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

    नेपाल भारतको निकटतम् सम्बन्धका आधारमा नेपालमा काम गरेका शिक्षक कर्मचारीले निवृति भरण पेन्सन कतिपय भारतीय नागरिकहरूले पाउने गरेका छन् ।

    यस्तै मध्ये एक शिक्षकका आश्रित परिवारले शुक्रबार जलेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट पेन्सन रकम निकालेका थिए ।

    ती सेवाग्राहीले भारतस्थित भिट्टामोड बजार पुगेपछि भारु बनाउन खोजेको बेला स्थानीय बजारमा गत शुक्रबार एक सय भारुको विनिमय मूल्य १ सय ५९ रुपैया रहेको थियो ।

    विनिमय गर्न गइरहेकाबेला ती व्यक्तिले ठूलो परिमाणको रकमको विनिमयका लागि ठूलै व्यापारी कहाँ जानुपर्ने र सो दिनको लागि तय भएको दैनिक विनिमय मूल्यमा विनिमय गर्ने गरिएको बताए ।

    जनकपुरधामको पूर्वमा पर्ने जयनगर क्षेत्रको बजारमा एक सय भारुको मूल्य १ सय ५०सम्ममा विनिमय हुने गरेको एक खरिदकर्ताले बताएका छन् ।

    तिनले आफू दैनिक उपभोगको सामान खरिद गर्न सीमावर्ती क्षेत्रको बजारमा जाने गरेको बताए । 

    उनका अनुसार देवधा बजारमा कम्तीमा ५सय भारु भन्दा माथिको सामान खरिद गरिए १सय ५० सम्मको मूल्यमा वस्तु खरिद विनिमय हुने गरेको छ । सीमाबाट २० ÷३० किलोमिटर टाढा भारतका पुराना शहरहरूमा पनि नेपाल मुद्रामा वस्तु खरिद गर्न सकिने सहजता उपलब्ध रहेको छ ।

    भिट्टामोडबाट सीतामढी जाने एक बस कन्डक्टरका अनुसार सीतामढीसम्म नेपाली मुद्राको प्रचलन रहेको बताए ।
    उनले भने “सीतामढीबजारसम्म मात्र हो भने धन्दा मान्नु पर्दैन । नेपाली मुद्रा काम लाग्छ ।”

    भिट्टामोडमा धेरै पहिले  सटही काउन्टर नेपाल राष्ट्र बैंकले राख्ने गरेको थियो । अहिले सटही काउन्टर नभएकाले सीमावर्ती क्षेत्रमा मुद्राको अवैध विनिमय दर चलनचल्तीमा रहेको छ । भारतीय बैंकहरूले पनि सीमामा विनिमयका लागि सटही काउन्टर नराखेकाले दुवै तिर यस्तो व्यापार चलिरहेको छ ।
      

    प्रतिक्रिया दिनुहोस