Logo

Apr 29 2024 | २०८१, वैशाख १७गते

images
निगरानी

प्रमुख भन्सार प्रशासक पन्थीकै मिलोमतोमा वीरगञ्ज भन्सार कार्यालयमा अनियमितता र भ्रष्टाचार !  राजस्व छली र चोरी तस्करी बढ्यो  


नया सडक

२०८०, पुस २० शुक्रबार (From Archieve)

  • 15.4k
    Shares

  • प्रमुख  भन्सार  प्रशासक पन्थीकै मिलोमतोमा वीरगञ्ज भन्सार कार्यालयमा अनियमितता र भ्रष्टाचार !  राजस्व छली र चोरी तस्करी बढ्यो  

    काठमाडौं / वीरगञ्ज। वीरगञ्ज भन्सार कार्यालयमा कार्यालयकै कर्मचारीहरूद्वारा अनियमितता भइरहेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीसहित केही भन्सार अधिकारीहरूको योजनामा  राजस्व चुहावट तथा भन्सार छली भइरहेको हो ।

    images

    समाचार स्रोतका अनुसार वीरगञ्ज भन्सार कार्यालयको मूल्यांकन शाखामा कार्यरत उपसचिवसहित केही कर्मचारीहरूको मिलोमतोमा राजस्व चुहावट तथा भन्सार छली हुनेक्रम बढिरहेको छ । भन्सार कार्यालयमा मूल्यांकन पछिको अर्को महत्वपूर्ण भूमिकामा रहेका चेकजाँच गर्ने कर्मचारीहरू समेतको मिलोमतोमा ठुलो परिमाणमा भन्सार÷ राजस्व चुहावट भइरहेको छ ।

    समाचार स्रोतका अनुसार भन्सार प्रमुख प्रशासक पन्थीले भन्सार एजेन्ट , विभिन्न ट्रान्सपोर्ट कम्पनी तथा व्यापारीहरूको सेटिङमा काम गर्ने गरेका  छन् । भन्सारकै एक कर्मचारीका अनुसार दैनिकरूपमा भन्सारकै कर्मचारीहरूलाई पन्थीले सरोकारवालाहरूसँग रकम असुल्न प्रोत्साहन गर्ने गर्दछन् । दैनिकरूपमा सरकारी लेखा बाहिर उठाइएको पैसा दैनिक र हप्तामा वितरण गर्ने गरेको कर्मचारीहरूले नयाँ सडकलाई बताएका छन् । यससम्बन्धमा भन्सार प्रशासक पन्थीसँग प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्दा सम्पर्कमा आएनन् । 

    वीरगञ्ज भन्सार कार्यालका प्रमुख भन्सार प्रशासक पन्थीले लेखा बाहिर उठाइएको रकम भन्सार विभागदेखि अर्थमन्त्रालय र अर्थमन्त्रीसम्म पु¥याउन पर्ने भन्दै रकम असुल्ने गरेको कर्मचारीहरू नै बताउँछन् । यसका लागि पन्थीले आफू अनुकूलको एक नेटवर्क बनाएका छन् । प्रहरीले गत महिनामा मात्रै बिल बिजक भन्दा बढी लोड रहेका सामानहरूको अन्दाजी मूल्यांकन गरी राजस्व अनुसन्धान पथलैया पठाएबाट नै यसको थप पुष्टि हुन्छ ।

    वीरगञ्ज भन्सार कार्यालय मात्रै नभएर अन्य भन्सार कार्यालय तथा जाँच नाकाहरूबाट  यस्ता कार्यालयलाई प्रोत्साहन मिलेकाले लक्षित राजस्व संकलन गर्न कठिनाइ भइरहेको जनाउँदै स्रोतले पुस महिनाकै लक्षित राजस्व संकलनका लागि आन्तरिक राजस्व विभागलाई बल गरी योजना बनाउनु परिरहेको जनाएको हो ।

    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक पन्थीले प्रहरी प्रशासकहरूलाई जुन तहको समन्वय गर्नुपर्ने हो त्यसो नगरी आफू खुशी गर्दा र  माथिसम्मका अधिकारीहरू मात्रलाई खुशी तुल्याउने नीति लिँदा निर्धारित राजस्व संकलन उठाउन पनि गाह्रो भइरहेको स्रोतको भनाइ छ ।

    वीरगञ्ज जिल्ला प्रहरी कार्यालयले गत एक महिनामा दर्शाएको सक्रियताले पनि भन्सार कार्यालयका अधिकारीहरूले सही मूल्यांकन गर्नुको साटो टेबुल मुनिको गतिविधिमा बढी ध्यान पन्थीले गर्दा भइरहेको स्रोतले बतायो ।

    राजस्व तथा छलीसम्बन्धी काम मुख्य तरिकाहरूमा  पहिलो एउटै प्रज्ञापन पत्रबाट पटक पटक सामान छुटाउने , दोस्रो मालसामानको मूल्यांकन सही नहुने  वा न्यून हुने,  घोषित परिमाण भन्दा बढी सामान छुटाउने , भन्सारै नतिरिकन मालवस्तुहरू चोरी पैठारी गर्नेलगायतका कारणहरू रहेका छन् ।

    स्रोतका अनुसार भन्सारका कर्मचारीहरूले राम्ररी मूल्यांकन गरेको भए राजस्व अनुसन्धान , प्रहरी तथा सरोकारवाला निकायले  बिल बिजक भन्दा बढीको सामान पक्राउ  गर्ने अवस्था देखा पर्ने थिएन ।वीरगञ्ज जिल्ला प्रहरी कार्यालयसम्बद्ध स्रोतले  पनि पछिल्लो समय भन्सार कार्यालयसँगको हुनुपर्ने किसिमको समन्वय नभएको जनाएको छ ।

    वीरगजञ्ज भन्सार कार्यालय देशकै प्रमुख भन्सार कार्यालय हो । यसले राजस्व संकलनमा महत्वपूर्ण भूमिका खेल्छ । प्रहरीले मात्र ९ दिनमा बिल बिजक भन्दा बढी मालसामान भएको ट्रक समातेर गरेको मूल्यांकन साढे सात करोड बढी रहेको छ । यसले पनि वीरगञ्ज भन्सार कार्यालयका अधिकारीहरूको अनियमितता छर्लङ पार्दछ ।

    प्रहरीले गरेको अन्दाजी मूल्यांकनको कूल जोड ७ करोड ६४ लाख ७६ हजार ४ सय २९ रुपैया रहेको देखिन्छ । प्रहरीको सीमित क्षमताको घेरालाई उम्काएर लानेहरूले गर्दा ठुलो मात्रामा चोरी तस्करीबाट राजस्व चुहावट र छली भइरहेको छ ।

    यसको पुष्टि राजस्व अनुसन्धान विभागले पटक पटक समाएका मालवाहक गाडीहरूबाट पुष्टि हुन्छ । पर्सा  प्रहरी कार्यालयले गत एक महिना भित्रै बिल बिजक भन्दा बढी सामानहरू लोड भएका ट्रकहरूको नियन्त्रण लिएर राजस्व अनुसन्धान विभाग पथलैया पठाएबाट यसको थप पुष्टि हुन्छ ।

    यस्तो छ वीरगञ्ज भन्सार कार्यालय र अन्तर्गतका नाकाबाट देखिने गरी भएको राजस्व चुहावटको भयावह स्थितिः
     
    जिल्ला प्रहरी कार्यालय पर्साले डिसेम्बर ४ तारिख, ७ तारिख, ११ तारिख ,१२ तारिख, १८ तारिख, १९ तारिख ,२२ तारिख र जनवरी ४ तारिखसम्म बिल बिजक भन्दा बढी माल सामान भएका मालवाहक ट्रकहरू नियन्त्रणमा लिइ राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको विवरण यस प्रकार छ ।

    पर्सा प्रहरीले डिसेम्बर ४मा सार्वजनिक गरेको जानकारीमा यस्तो देखिन्छ ।“बिल बिजक भन्दा बढी खुद्रा समानहरू लोड रहेको ट्रक नियन्त्रणमा :––
    मिति २०८०।०८।१७ गते २३ः१५ बजे राती बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा प्रदेश ३–०१–००५ ख ९८५१ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.६४,६५,९२१।– (चौसठ्ठी लाख पैसठ्ठी हजार नौ सय एकाइस) बराबरको ट्रक भित्र लोड रहेको खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०८।१८ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।”

    यसैगरी डिसेम्बर ७ तारिखमा  भनिएको छ “  बिल बिजक भन्दा बढी खुद्रा समानहरू लोड रहेको ट्रक नियन्त्रणमा ः– मिति २०८०।०८।१९ गते २३ः५५ बजे राती बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोकस्थित सडकखण्डमा ना.४ ख ७९१७ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.३१,६७,४२४।– ( एकतिस लाख सड्सठ्ठी हजार चार सय चौवीस) बराबरको ट्रक भित्र लोड रहेको खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०८।२० गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।”

    यसैगरी डिसेम्बर ११ तारिखमा यस्तो भन्छ “ बिल बिजक भन्दा बढी खुद्रा समानहरू लोड रहेको ट्रक नियन्त्रणमा :–मिति २०८०।०८।२४ गते २२ः१५ बजे राती बिल विजक भन्दा बढी खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कैलाहीतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.६ ख २६४८ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.८५,८९,४४२।– (पचासी लाख उनान्वे चार सय वयालीस) बराबरको ट्रक भित्र लोड रहेको खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०८।२५ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।”

    यस्तै वीरगञ्ज प्रहरी कार्यालय पर्साको डिसेम्बर १२ तारिखको जाकारी यस्तो छ “ भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु बरामद:– मिति २०८०।०८।२५ गते जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थितबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएका निम्न लिखित विवरणका सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि मिति २०८०।०८।२६ गते वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको ।
    निम्नः–
    १. मोबाइल कभर–८५० पिस
    २. चिनी–१९० के.जी.
    ३.मैदा–३० के.जी. 
    ४.टावेल–२९ पिस
    ५.टेण्टको कपडा–१३५० मिटर
    ६.बच्चाको जुता–४१ जोर
    ७.जुत्ता–१७ जोर
    ८.ट्रामडोल औषधी–२४०० पत्ता
    ९.मोटर–३० के.जी.
    १०.स्वीटर–१० पिस
    ११.लक्स साबुन–१५५ पिस
    १२.राजनिवास–३ के.जी.
    जम्मा रू. २८९,४९०।– ( दुई लाख उनान्वे हजार चार सय नवे )”

    १८ डिसेम्बर २०२३मा  भन्छ“ बिल बिजक भन्दा बढी प्याज लोड रहेको पिकअप नियन्त्रणमा:–मिति २०८०।०९।०१ गते ०१ः१५ बजे राती बिल विजक भन्दा बढी प्याज बोकेको माल बाहक पिकअप वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.४ च ८७१३ नम्बरको मालवाहक पिकअपलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी प्याज लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.१,४७,७५०।– (एक लाख सड्चालीस हजार सात सय पचास) बराबरको पिकअप भित्र लोड रहेको प्याज नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०९।०२ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।”

    डिसेम्बर १९को विज्ञप्तिले भनेको छ “ बिना भन्सारको भारतीय एम्बुलेन्स र चालक सहित वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको:– भारतीय बोलेरो एम्बुलेन्स गाडी भन्सार छली चोरी पैठारी गरी नेपालमा भित्र्याई पर्सा जिल्लाको ग्रामिण एरिया तथा महानगरपालिका भित्रमा अनाधिकृत रुपमा प्रयोग गर्दै आईरहेको छ भन्ने प्राप्त सूचना अनुसार मिति २०८०।०९।०२ गते यस कार्यालयबाट खटिएको प्रहरी टोलीले अं. १४ः२० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१३ तराई अस्पताल अगाडी सडकखण्डमा पुग्दा सुचना अनुसारको बीआर वान एपी फाइव टू नाइन वान नम्बरको भारतीय बोलेरो एम्बुलेन्स गाडीलाई स्वरूप परिवर्तन गरी स्कारपियो गाडीको पार्टसहरू लगाएको विना भन्सारको एम्वुलेन्स चालक भारत विहार जिल्ला पुर्वी चम्पारण पलनवा ग्राम बहुअर्वा बस्ने वर्ष ३० को महमद नेजामुदिन र बीआर वान एपी फाइव टू नाइन वान नम्बरको भारतीय बोलेरो एम्बुलेन्सलाई अ.मू.रू.४,००,०००।– ( चार लाख ) मूल्याङ्कन गरी थप अनुसन्धान तथा कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको ।”

    यस्तै डिसेम्बर २२मा “ बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा समानहरू लोड रहेको ट्रक नियन्त्रणमा:– मिति २०८०।०९।०६ गते २२ः४० बजे राती बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.२ ख ९३५७ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.४५,९६,१०४।– (पैतालीस लाख छयानब्बे हजार एक सय चार) बराबरको ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०९।०६ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ” उल्लेख छ । भने जनवरीको पहिलो चार दिन भित्र गरिएका सार्वजनिक विज्ञप्तिमा  क्रमशः “बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा समानहरू लोड रहेको ट्रक नियन्त्रणमा:– मिति २०८०।०९।१७ गते २३ः४० बजे राती बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट कैलाली, सुनसरी तथा काठमाण्डौतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५,८ र १४ गण्डक, घण्टाघर र प्रतिमा चोकस्थित सडकखण्डमा ना.४ ख ८३१८, ना.३ ख ४१४१ र एनएल जीरो वान जी वन अइट अइट सिक्स नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.१,८९,९७,२८७।– (एक करोड उनान्वे लाख सन्तान्वे हजार दुई सय सतासी) बराबरको ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०९।१८ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ।
     र ,बिल बिजक भन्दा बढी कपडा तथा खुद्रा समानहरू लोड रहेको ट्रक नियन्त्रणमा:– मिति २०८०।०९।१८ गते २३ः०० बजे राती बिल विजक भन्दा बढी कपडा तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको छ भन्ने सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकस्थित सडकखण्डमा ना.६ ख ७७९८ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.५६,०५,६८४ ।– (छपन्न लाख पाँच हजार छ सय चौरासी) बराबरको ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८०।०९।१९ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको ” उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस