Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँ स्टक एक्सचेञ्जबारे अध्ययनका लागि ३ सदस्यीय समिति गठन


नया सडक

२०८०, माघ १० बुधबार

  • 984
    Shares

  • नयाँ स्टक एक्सचेञ्जबारे अध्ययनका लागि ३ सदस्यीय समिति गठन

    काठमाडौं । नयाँ स्टक एक्सचेन्जबारे अध्ययनका लागि समिति गठन भएको छ । गत मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो । उक्त अध्ययन समितिमा चार्टर्ड एकाउन्टेन्ट सुजन कुमार आचार्य र अधिवक्ता सिजन गुरागाई सदस्य छन् ।
    समितिले आगामी ४५ दिनभित्र पूँजीबजारका लागि थप नयाँ स्टक आवश्यक छ कि छैन भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्नुपर्ने समयसीमा समेत तोकिएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

    २०७९ असोज २ गतेदेखि प्रक्रिया अघि बढाएको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि भने आवेदन प्राप्त भइसकेको अवस्था छ । हाल नेपालमा धितोपत्र बजार सञ्चालकको रूपमा सरकारी स्वामित्वको एक मात्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालनमा छ । 

    निजी क्षेत्रको एक नयाँ स्टक एक्सचेञ्ज सञ्चालनका लागि नियामक निकायले प्रक्रिया अन्तिम चरणमा पुर्‍याएपछि सरकारकै निर्देशनमा रोकिएको छ । मन्त्रिपरिषदको गत वैशाख २६ गतेको बैठकले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया तत्काललाई रोक्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि अर्थमन्त्रालयबाट प्राप्त पत्रलाई कार्यान्वयन गर्दै बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया रोकेको छ । 

    नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स तत्कालका लागि रोक्न प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले समेत निर्देशन दिएको थियो । अर्थमसमितिको कात्तिक २४ गते बसेको बैठकले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स स्थगित गर्न दिएको निर्देशनको प्रयोजन समाप्त भइसकेको निष्कर्ष निकालेको छ । 

    प्रतिक्रिया दिनुहोस