Logo

Sep 17 2024 | २०८१, असोज १गते

images
निगरानी

३ अर्ब बढीको सवा ३९ करोड थान पाकेट ग्यास लाइटर ६ महिनामा आयात , यत्रो लाइटर कहाँ गयो सरकार?


२०८०, माघ ११ बिहीबार

  • 1.1k
    Shares

  • ३ अर्ब बढीको सवा ३९ करोड थान पाकेट ग्यास लाइटर ६ महिनामा आयात , यत्रो लाइटर कहाँ गयो सरकार?

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिना साउनदेखि पुससम्ममा ३ अर्ब बढीको पाकेट ग्यास लाइटर आयात भएको छ । सो अवधिमा ३९ करोड भन्दा बढी थान लाइटर नेपाल भित्रिएको हो ।चालु आवको साउनदेखि पुस मसान्तसम्ममा चाइनाबाट अत्यधिक लाइटर आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । चाइनाबाट मात्र ३९ करोड २५ लाख ३३हजार भन्दा बढी लाइटर आयात गरिएको छ ।

    चाइनाबाट मात्रै ३ अर्ब  १ करोड ४३ लाख ८६ हजार बढी रुपैयाँको लाइटर आयात भएको भन्सारको तथ्यांकमा उल्लेख गरिएको छ ।सो अवधिमा अन्य मुलुकहरूबाट २ लाख ५६ हजार ६ सय बढी पाकेट ग्यास लाइटर आयात गरिएको छ ।अन्य मुलुकबाट ८९ लाख ४६ हजार रुपैयाको लाइटर आयात गरिएका छ ।

    ६ महिनाको अवधिमा ३९ करोड २५ लाख ३३हजार भन्दा बढी लाइटर आयात भएको देखिन्छ ।पुगनपुग बालबच्चा ,बुढापाखा सबै गरेर ३ करोड जनसंख्यामा यत्रो संख्यामा पकेट ग्यास लाइटर कसरी खपत भयो । लाइटर नेपाललाई ट्रान्जिट बनाएर भारतमा तस्करी भएर भारत गएको व्यापारीहरू बताउँदछन् । भारतमा पकेट ग्यास लाइटरको माग अत्यधिक बढेकोले नेपाल मार्फत् तस्करहरूले नेपाललाई ट्रान्जिट बनाएर भारत पु¥याएको देखिन्छ ।सरकारले अनुगमन र नियन्त्रण नगर्दा  लाइटर मात्रै होइन अन्य वस्तुहरूको समेत नेपाललाई ट्रान्जिट बनाएर भारत तस्करी भएको विज्ञहरू बताउँदछन् ।

    प्रतिक्रिया दिनुहोस