Logo

May 17 2024 | २०८१, जेठ ४गते

images

गत वर्षको तुलनामा पुस महिनामा निर्जीवन बीमा शुल्क संकलनमा गिरावट


नया सडक

२०८०, माघ ११ बिहीबार

  • 417
    Shares

  • गत वर्षको तुलनामा पुस महिनामा निर्जीवन बीमा शुल्क संकलनमा गिरावट

    काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले पुस महिनामा ३ अर्ब ६७ करोड ५० लाख ६ हजार रुपैया कुल बीमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका चौध निर्जीवन बीमा कम्पनीहरूले २ लाख ५९ हजार ८१५ ओटा बीमालेख बिक्री गरी सो रकम संकलन गरेका हुन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४५ प्रतिशतले कम देखिन्छ ।

    images

    गत आर्थिक वर्षको सोही अवधिमा तत्कालीन अवस्थामा सञ्चालनमा रहेका १८ कम्पनीहरुले २ लाख ४७ हजार ७६८ ओटा बीमालेख बिक्री मार्फत ४ अर्ब १० करोड ४० लाख २० हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । समीक्षा अवधिमा ४२ करोड ९० लाख १४ हजार रुपैयाँले बीमाशुल्क संकलन घटेको हो । ब्याजदर घट्दै जाँदा बैंकिङ्ग प्रणालीबाट कर्जा प्रवाह खुकुलो हुँदै गएर आर्थिक क्षेत्रका केही चलायमान हुनथालेपनि २०७९ पुसको तुलनामा यो पुसमा निर्जीवन बीमा व्यवसाय खस्किन गएको हो ।शिखर इन्स्योरेन्सले २०८० पुस महीनामा सबैभन्दा धेरै ८७ करोड ३१ लाख ११ हजार रुपैयाँ बीमाशुल्क संकलन ग¥यो । यसैगरी सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सले ३४ करोड ७४ लाख ६६ हजार रुपैयाँ बीमाशुल्क आर्जन ग¥यो ।


    तेस्रो स्थान ओगटेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३२ करोड ६ लाख ९९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसैगरी  हिमालयन एभरेष्ट इन्स्योरेन्सले २८ करोड २० लाख २४ हजार रुपैयाँ, आइजिआई प्रुडेन्सियलले २८ करोड ३२ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले २७ करोड ९८ लाख ९४ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २३ करोड ६५ लाख ९६ हजार रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २३ करोड ५२ लाख ३९ हजार रुपैयाँ र दि ओरियन्टल इन्स्योरेन्सले २० करोड ७९ लाख ९८ हजार रुपैयाँ निर्जीवन बीमाशुल्क संकलन गरेको छ ।

    पुस महीनामा सानिमा जिआईसी इन्स्योरेन्सले १८ करोड १६ लाख ४५ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले १३ करोड १० लाख ६८ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले १२ करोड ८४ लाख ३० हजार रुपैयाँ र नेशनल इन्स्योरेन्सले १० करोड ३५ लाख ९७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस