Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सिटिजन लाइफ इन्सुरेन्सको खुद नाफा २.७२ प्रतिशतले बढ्यो


नया सडक

२०८०, माघ १२ शुक्रबार

  • 705
    Shares

  • सिटिजन लाइफ इन्सुरेन्सको खुद नाफा २.७२ प्रतिशतले बढ्यो

    काठमाडौं । सिटिजन लाइफ इन्सुरेन्सको खुद नाफा सामान्य बढेको छ । यसअवधिमा खुद नाफा २.७२% ले बढेर १२ करोड ३६ लाख ५७ हजार रुपैयाँ पुगेको छ ।लगानी तथा कर्जाबाट हुने आम्दानी वृद्धि हुँदा यसको खुद नाफा बढेको हो । एक वर्षमा लगानी तथा कर्जाबाट हुने आम्दानी ५१.३५% ले बढेर ७४ करोड रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन ४.२३% ले बढेर २ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी ३.४५% ले बढेर ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजीअनुसार नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी भने दबाबमा परेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ १६ पैसाले घटेर ६ रुपैयाँ ६ पैसामा झरेको छ ।

    प्रतिक्रिया दिनुहोस