Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा संघको रक्तदान कार्यक्रम सम्पन्न


नया सडक

२०८०, माघ १२ शुक्रबार

  • 1.0k
    Shares

  • ७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा संघको रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं ।   ७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल भन्सार एजेन्ट संघ काठमाडौंले विभिन्न रचनात्मक कार्यक्रमहरू गरी मनाएको छ । त्यसक्रममा रक्तदान कार्यक्रम लगायतका कार्यक्रमहरू गरिएको संघका पदाधिकारीहरूले बताएका हुन् ।


    भन्सार एजेन्ट संघ काठमाडौँले १८ वटा फुटसलको टिम बनाइ खेलकुद प्रतियोगिता गरिएको संघका अध्यक्ष गौतम भट्टले नयाँ सडकलाई बताए ।
    फुटसल प्रतियोगितामा निर्यात परिषद्, विभिन्न एयरलाइन्सहरूलगायत १८ वटा टिम रहेको संघका सचिव होमनाथ धमलाले बताए ।

    यसैगरी कोषाध्यक्ष शिवराज रिजालले भन्सार दिवसको अवसरमा विभिन्न सरसफाइ कार्यक्रम गरिएको बताए । ७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा संघले रक्तदानलगायतका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको संघका सदस्य सुमन निरौलाले बताए ।

    प्रतिक्रिया दिनुहोस