Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

हुण्डी कारोबार गरेको आरोपमा  काठमाडौंबाट २ जना पक्राउ


नया सडक

२०८०, माघ १२ शुक्रबार

  • 1.4k
    Shares

  • हुण्डी कारोबार गरेको आरोपमा  काठमाडौंबाट २ जना पक्राउ

    काठमाडौं । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा  काठमाडौंबाट २ जनालाई पक्राउ गरेको छ ।

     काठमाडौं अनामनगरका युवराज प्रसाईँ र सुनसरी घर भइ काठमाडौंको नयाँबस्ती बस्ने विश्वास राई पक्राउ पर्नेमा छन् ।

    नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हुण्डी कारोबार हुने गरेको  गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई प्रकाउ गरेको  हो ।

    केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए अनुसार  राईको बौद्ध नयाँ बस्तीमा रहेको सटर कोठाबाट ३० लाख १८ हजार रुपैयाँ नगद, २ थान ल्यापटप र ५ थान मोबाइल वरामद भएको छ ।

    उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस