Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

आँखु खोला जलविद्युतको खुद नाफा ४३ प्रतिशतले घट्यो


नया सडक

२०८०, माघ १४ आइतबार

  • 753
    Shares

  • आँखु खोला जलविद्युतको खुद नाफा ४३ प्रतिशतले घट्यो

    काठमाडौं । आँखु खोला जलविद्युत कम्पनी लिमिटेडले १ करोड ५२ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म २ करोड ६६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ४२ दशमलव ८५ प्रतिशत कम खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको आम्दानी १२ प्रतिशत घटेसँगै खुद नाफामा असर परेको हो । गत वर्ष १२ करोड २३ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष भने १० करोड ७६ लाख रूपैयाँभन्दा बढी मात्र आम्दानी गरेको हो ।

    सञ्चालनबाट आम्दानी गत वर्ष ७ करोड ९७ लाख रूपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ७ करोड २४ लाख रूपैयाँभन्दा बढी मात्र भएको हो । गत वर्षभन्दा यस वर्ष वित्तीय खर्च बढी भएको छ । गत वर्ष ५ करोड ३० लाख रूपैयाँभन्दा बढी वित्तीय खर्च भएकोमा यस वर्ष ५ करोड ७२ लाख रूपैयाँभन्दा बढी यो खर्च भएको हो ।

    हाल कम्पनीको चुक्तापूँजी ८० करोड रूपैयाँ छ भने जगेडा कोष रकम २३ करोड १८ लाख रूपैयाँभन्दा बढी ऋणात्मक छ । 

    प्रतिक्रिया दिनुहोस