काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बिरूद्ध सर्वोच्च अदालतमा दायर रीटको सुनुवाइ आजका लागि स्थगित भएको छ । यसअघि माघ ९ गते उक्त रीट हेर्न नभ्याइने सूचीमा परेको थियो । उनीमाथि शैक्षिक योग्यताको प्रश्न उठाइँदै रीट परेको थियो ।
यस अघि पुस १३ गते न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले माघ ९ गते पूर्ण सुनुवाइ गर्ने आदेश दिएको थियो ।
तर न्यायाधीश प्रकाश कुमार ढुंगाना र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलाशमा परेको पेशी माघ ९ गते हेर्न नभ्याइने सूचीमा परेको थियो ।