काठमाडौं ।अप्पर तामाकोशी हाइड्रोपावरको नबिकेको हकप्रद शेयरको लिलामीको बाँडफाँट भोलि (सोमबार )हुने भएको छ ।
अप्पर तामाकोशीको लिलामी शेयरको बिक्री प्रबन्धक रहेको नागरिक लगानी कोषका अनुसार सोमबार बाँडफाँड हुने जनाएको हो ।
अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरको अनुमानित कटअफ प्राइस १ सय ४६ रुपैयाँ छ। गत शुक्रबारदेखि उक्त कम्पनीको लिलामी शेयरको शिलबन्दी बोलपत्र खोल्ने कार्य प्रारम्भ भएको थियो।