Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

कर्मचारीको अभावमा प्रहरी कल्याणकारी पेट्रोल पम्प चौबीस घन्टा चल्न सकेन , गृहमन्त्री र आईजीको  ध्यान  किन पुगेन् ?


नया सडक

२०८०, माघ १४ आइतबार

  • 996
    Shares

  • कर्मचारीको अभावमा प्रहरी कल्याणकारी पेट्रोल पम्प चौबीस घन्टा चल्न सकेन , गृहमन्त्री र आईजीको  ध्यान  किन पुगेन् ?

    काठमाडौं । प्रहरी सेवा जनताका लागि चौबीसै घन्टा उपलब्ध हुने सेवा भएपनि उसले दिने सेवा त्यस्तो नहुँदा सेवाग्राही समस्यामा परेका छन् ।प्रहरी कल्याणकारी कोषबाट सञ्चालित पेट्रोल पम्पहरूले चौबीसै घन्टा सेवा उपलब्ध गराउन नसक्दा आकस्मिकतामा परेका सेवाग्राहीहरूलाई समस्या परेका हुन् ।

    गृहमन्त्रालयको नेतृत्व उपप्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री नारायाणकाजी श्रेष्ठले सम्हालेपछि गृहमन्त्रालय अन्तर्गतका कयौँ सेक्टर सुधार भए । कयौँ भ्रष्टाचारीलाई कारबाही भयो । मन्त्रालय अन्तर्गत सुशासन कायम गर्न गृहमन्त्री अहोरात्र लागि रहे । तर अत्यावश्यक वस्तुमा पर्ने पेट्रोलियम पदार्थजस्तो संवेदनशील कुरामा गहृमन्त्रीको ध्यान जान नजाँदा र उपयुक्त निर्देशन नदिँदा प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्पहरू साढे ६/ ७ बजे नै बन्द हुने गरेका छन् ।

    जसबाट सेवाग्राहीहरू मर्कामा परेका छन् ।काडमाडौं उपत्यकामा अधिकांश पेट्रोल पम्पहरू बेलुका ८ बजे बन्द भइसक्छन् । उपत्यकामा एउटा पनि पेट्रोल पम्प चल्ने छैनन्  । कम्तीमा प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्प चौबीसै घन्टा चल्नुपर्ने त्यो पनि चल्दैन् । हामी समस्यामा छौं ” एक पर्यटन व्यवसायीले भने । गृहमन्त्री श्रेष्ठले तत्काल प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्प खोल्ने व्यवस्था मिलाउनु व्यवसायीहरूको माग रहेको छ ।

    प्रहरी संगठनका बहालवाला प्रहरी कर्मचारीहरू, सेवा निवृत कर्मचारी एवं तिनका आश्रित परिवारहरू र अमर सहिद परिवार परिवारका सदस्यहरूको स्वास्थ्य, शिक्षा तथा  आर्थिक क्षेत्र लगायत अन्य विविध कल्याणकारी क्षेत्रहरूमा समयानुकूल सेवा प्रदान गर्ने  तथा  विभिन्न सामाजिक कार्यमा सहभागिता  जनाउने उद्देश्यले  स्थापना भई  प्रहरी कल्याण कोष सञ्चालन हुँदै आएको छ ।

    प्रहरी कल्याणकारी कोषले सञ्चालन गरेको पेट्रोलपम्पको उद्देश्य पनि कोषले लिएको उद्देश्यजस्तै सामाजिक कार्यमा सहभागिता जनाउने र सेवा प्रदान गर्नु हुन्छ ।
    प्रहरीले बिक्री वितरण गर्ने पेट्रोलियम पदार्थको गुणस्तर अन्य ठाउँ भन्दा बढी विश्वसनीय हुने आम जनतामा स्वाभाविक विश्वास हुन्छ ।प्रहरीको सेवा चौबीसै घन्टा घाम पानी केही ख्याल नगरी दिइने खालको सेवा हो ।आपत्विपत्मा परेकाहरूको सुरक्षा दिन तत्पर प्रहरीहरूबाट जनता सुरक्षाबाट विश्वस्त भएजस्तै उसका अन्य सबै पनि चौबीसै घन्टा प्राप्त होला भन्ने बुझाइ जनतामा हुन्छ ।

    तर बेला मौकामा प्रहरीबाट सेवा नपाउँदा जनता दुखी हुन्छन् ।प्रहरी कल्याणकारी कोषबाट सञ्चालित पेट्रोल पम्पबाट जनताले चौबीसै घन्टा सेवा खोजेका छन् । यस विषयमा नेपाल प्रहरीका कल्याण महाशाखाका केदार ढकालले कर्मचारीको अभावले चौबीसै घन्टा चलाउन नसकिएको बताए ।उनले एम्बुलेन्स जस्ता अत्यावश्यक सेवाका सेवाग्राहीका लागि आपत्कालीन सेवाको व्यवस्था भने गरिएको बताए ।तर सामान्य सेवाग्राहीका लागि चौबीसै घन्टा सेवा दिन नसकिएको उनले बताए ।साथै उनले प्रहरी कल्याणकारी कोषले केही दिन भित्र धनगढी लगायतका क्षेत्रमा पेट्रोल पम्प सेवा विस्तारको योजना बनाएको बताए ।

    प्रतिक्रिया दिनुहोस