Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

एचआइडीसीएलको खुद नाफा ११.४१ प्रतिशतले बढ्यो


नया सडक

२०८०, माघ १५ सोमबार

  • 627
    Shares

  • एचआइडीसीएलको खुद नाफा ११.४१ प्रतिशतले बढ्यो

    काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)को खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा ११.४१ प्रतिशतले बढेर ७५ करोड २७ लाख ३० हजार रुपैयाँ पुगेको छ । 
    एक वर्षको अवधिमा आम्दानी बढ्दा खुद नाफा बढेको हो । यसअवधिमा सञ्चालन आम्दानी १८१.६२ प्रतिशतले बढेर १ करोड २३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । वित्तीय आम्दानी ४।६२ प्रतिशतले बढेर १ अर्ब ७ करोड ७५ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष २ करोड ११ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।पुस मसान्तसम्म आइपुग्दा एचआइडीसीएलको चुक्ता पुँजी २२ अर्ब ७७ करोड ५७ लाख ९९ हजार रुपैयाँ पुगेको छ । जगेडा कोषमा १ अर्ब ८९ करोड ७ लाख ६० हजार रुपैयाँ छ । नाफासँगै प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । प्रतिसेयर आम्दानी २६ पैसाले बढेर ६ रुपैयाँ ६१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ३० पैसा छ । 

    प्रतिक्रिया दिनुहोस