Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images
  • समाचार
    • अर्थ-राजनीति
      विश्व
      मनाेरञ्जन
      साहित्य
      खेलकुद
      शिक्षा/स्वास्थ्य
      जनशक्ति
      जीवनशैली
      विकास
      पत्रपत्रिकाबाट
  • बैंक/वित्त
    • बिमा
      सहकारी
      विविध
  • सेयर
  • उद्योग / वाणिज्य
    • पर्यटन
      कृषि
      सेवा
      सूचना प्रविधि
  • भन्सार/राजश्व
    बजार
    एनआरएनए
    नयाँसडक विशेष
  • विचार
    • अन्तर्वार्ता
      सम्पादकीय
  • प्रदेश
    • कोशी प्रदेश
      मधेश प्रदेश
      बागमती प्रदेश
      गण्डकी प्रदेश
      लुम्बिनी प्रदेश
      कर्णाली प्रदेश
      सुदुरपश्चिम प्रदेश
  • नयाँसडक TV
    EN
    • Jun 19 2025 | २०८२, असार ५गते

    नेपाली वैज्ञानिकलाई अमेरिकामा २९ करोड अनुसन्धानवृत्ति

    नेपाली वैज्ञानिकलाई अमेरिकामा २९ करोड अनुसन्धानवृत्ति

    • नयाँ सडक
    • सोमबार, माघ १५ २०८०
  • 1.4k
    Shares
  • 1.4k
    Shares
  • नेपाली वैज्ञानिकलाई अमेरिकामा २९ करोड अनुसन्धानवृत्ति
     
    काठमाडौं /वासिङ्टन डिसी, १५ माघ : तपाईकोे बाल्यकालमा भएका घटना या कुनै समयमा भएका दुर्घटना तपाईको मस्तिष्कमा कति समयसम्म सञ्चय भएर वस्छन् ? त्यसले कतै तपाईको जीवनको उत्तराद्र्धमा गम्भीर समस्या लिएर डिप्रेशनको शिकार पो भएको छ कि ? अर्थात् चिकित्सकको भाषामा ‘पोष्ट ट्रमाटिक स्टे«स डिसअर्डर’ अर्थात् गम्भीर दुर्घटनापछिको मनोवैज्ञानिक सन्त्रास मानव जीवनमा आजीवन समस्याको रुपमा रहन पनि सक्छ ।
     
    वास्तवमा मानव जीवनमा आईपर्ने यस्ता अनेकन विस्मृतिलाई मस्तिष्कमा भण्डारण गरेर राख्ने सुक्ष्म कोषिकाहरु र त्यसअनुसारको निर्मित प्रोटिनहरुले मस्तिष्कलाई क्रियाशील वनाउनका लागि कसरी काम गरिरहेको छ ? त्यो आममानिसहरुको लागि चासो हुने कुरा पनि भएन । अझ मानिसको मस्तिष्कमा रहेका सुक्ष्म कोषिकाहरुले प्रोटिनको ‘सिन्थेसिस’ संयन्त्रमा भावनात्मक रुपले कसरी प्रतिक्रिया दिन प्रेरित गरिरहेको हुन्छ भन्ने विषय झन जटिल हो । नेपालबाट अमेरिका आएर बिसौँ वर्ष न्यूरो साइन्समा अभ्यास गरिरहनुभएकी डा प्रेरणा श्रेष्ठ भने यही विषयलाई नै आफनो अध्ययनको प्रमुख विषय बनाउनु भएको छ । सोही विषयको प्राथमिकताले उहाँले अहिले लोभलाग्दो सफलता हासिल गर्दे अगाडि बढ्नुभएको छ ।
    अमेरिकाको न्यूयोर्क राज्यको स्टोनी वु्रक युनिभर्सिटीमा न्यूरोवायोलोजी एण्ड बिहेभियर विभागमा अध्यापन गर्दै आउनु भएकी श्रेष्ठलाई यस्तै विषयमा अध्ययनका लागि अमेरिकी सरकारी निकाय नेशनल इन्ष्टिच्युट अफ मेन्टल हेल्थले २२ लाख डलर अर्थात् आजको विनिमय दरमा २९ करोड २५ लाख बरावरको रकम उपलब्ध गराउने भएको छ ।
    अनुसन्धानको लागि उपलब्ध हुने २२ लाख डलरको अनुदान पश्चात रासससँगको कुराकानीमा प्रतिक्रिया दिदै श्रेष्ठले भन्नुभयो – यो मेरो कामको लागि पुरस्कार जत्तिकै महत्वपूर्ण हो । श्रेष्ठका अनुसार मानिससँग मिल्दोजुल्दो आनीबानी भएका मुसामा अध्ययन गरिने विधिअनुसार (जसलाई मस्कुलर विधि पनि भनिन्छ,) उहाँको टोलीले किन मस्तिष्कमा लामो समयसम्म यस्तो विषय रहिरहन्छ भन्नका लागि औजार जडान गरि अध्ययन गर्नेछ । आगामी सन् २०२७ को अक्टोवर सम्ममा अध्ययन सकिने गरी हुन लागेको यो अध्ययनले भविष्यमा यस्ता समस्यामा रहेका मानिसको उपचार विधि र पद्धति तर्जुमा हुनसक्ने श्रेष्ठ बताउनुहुन्छ ।
     
    अमेरिकी सरकारले नागरिकहरुको स्वास्थ्यको महत्वपूर्ण हिस्सा मानिएको मानसिक स्वास्थ्यसम्बन्धी काम गर्ने सरकारी निकायका अनुसार ३ तीन दशमलव ६ प्रतिशत वयस्कमा जीवन कालमा भएका कुनै घटना,दुर्घटनाका कारणले दीर्घकालीन रुपमा मनोवैज्ञानिक सन्त्रासको जीवन बिताउन वाध्य भएका छन् । यसैले यसलाई वैज्ञानिक तरिकाले कसरी अनुसन्धान गरेर दीर्घकालीन रुपमा मानसिक स्वास्थ्य सबल वनाउन सकिन्छ भनेर नेशनल इष्टिच्युट अफ मेन्टल हेल्थले विभिन्न कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्दे आएको छ । सरकारी निकायको रुपमा रहेको यसले मानव मस्तिष्कमा भावनात्मक उत्तेजनाले पार्ने असरलाई न्यूनीकरण गर्दे मानसिक स्वास्थ्यलाई जटिल बन्न नदिनेलगायत उद्देश्य अनुरुप काम गर्दे आएको छ । श्रेष्ठले दिनुभएको जानकारी अनुसार उहाँको अनुसन्धान मानव मस्तिष्कमा कसरी भावनात्मक स्मरण लामो समयसम्म रहन्छ भन्नेमा केन्द्रित हुनेछ । उहाँ भन्नुहुन्छ – हामीले अनुसन्धान गर्ने मुख्य दुई पक्ष एक, गम्भीर दुर्घटनाले व्यक्तिगत रुपमा पार्ने असर र उनीहरुले यसलाई स्वत ः दिने प्रतिक्रिया । यसरी दुई कुरामा केन्द्रित हुनुको कारण उक्त दुर्घटनापछि मानिसलाई जीवन पर्यन्त मनोवैज्ञानिक सन्त्रासमा राख्न यसले वल पुरयाईरहेको हुन्छ भन्ने तथ्यमा आधारित छ । हामीहरुको अनुसन्धान टिमले मनोवैज्ञानिक सन्त्रासमा परेका मानिसको मस्तिष्कमा स्मरण गराईराख्न कोषिकाले कसरी निर्देशित गराइरहेका हुन्छन् भन्ने विषयलाई अध्ययन गर्नु र पर्याप्त सूचना सङ्कलन गर्नु हुनेछ – उहाँ थप्नु हुन्छ – यो अनुदानबाट हाम्रो अनुसन्धानले केही खोजलाई उजागर गर्नेछ ।
    प्रेरणा श्रेष्ठको अमेरिकाको आगमन रमाइलो छ । सन् १९९९ मा उहाँलाई अमेरिकामा आउने वा कुनै देशमा एमबिबिएस अध्ययन गर्न जाने । त्यसैबेला उहाँ अमेरिकामा पूर्ण छात्रवृत्तिमा बायोकेमेष्ट्री अध्ययनको लागि आउनुभयो । अमेरिकामा मेडिकल कलेजमा भर्ना हुन चारवर्षको कोर्ष आवश्यक पर्ने भएकाले मेडिकल स्कूलको लागि पूर्वतयारी कक्षामा सामेल हुनुभएको थियो । अमेरिका आएपछि सन् २००२को ग्रीष्मयाममा उहाँले वैज्ञानिक अनुसन्धानको लागि हार्डवर्ड युनिभर्सिटीको सेल वायोलोजी ल्यावमा दिनु भएको परीक्षामा सफलता हात पारेपछि उहाँलाई अनुसन्धानमा झनै बढी रुचि भयो । त्यसपछि उहाँले आफूले सिकेको विषय र मानव मष्तिष्कका बारेमा थप ज्ञान हासिल गर्न विद्यावारिधि कार्यक्रममा सामेल हुनुभयो ।
    न्यूरो साइन्समा दुई दशकदेखि काम गर्दे आउनु भएकी श्रेष्ठ आफ्नो जीवनलाई निर्णायक मोडमा पुरयाउने काम भने हार्डवर्ड युनिभर्सिटीले दिएको रिसर्च फेलोको रुपमा ल्याबमा दिएको अवसरलाई मान्नुहुन्छ । उक्त ल्याबमा उहाँले मानव मस्तिष्कको विषयमा महत्वपूर्ण अनुसन्धान गर्न पाउनुभयो ,सोही अनुसन्धान सकिएपछि उहाँलाई मानवको विषयमा थप अध्ययन गर्ने मार्ग पहिल्याउने सफलता प्राप्तभयो । निरन्तरको अध्ययन र अनुसन्धानपछि सन् २०११ मा रकफेलर युनिभर्सिटीबाट लाइफ साइन्समा विद्यावारिधि गर्नुभयो ।
    मानव मस्तिष्कका बहुआयामकि पाटोलाई केलाउने क्रममा आफूले महत्वपूर्ण ज्ञान हासिल गर्न सफल भएको उहाँको भनाइ छ । हाल स्टोनी बु्रक युनिभर्सिटीमा सहप्राध्यापकका रुपमा काम गर्दे आउनु भएकी श्रेष्ठले तीन वर्ष अगाडि श्रेष्ठ ल्याब भनेर अनुसन्धान केन्द्र स्थापना गर्नुभएको छ । दश जनाको टोलीले उक्त प्रयोगशालालाई सञ्चालन गरेको छ । नेपालको आदर्श विद्या मन्दिरबाट विद्यालय शिक्षा अध्ययन र बुढानीलकण्ठबाट ‘ओ’ र ‘ए’ लेभलको अध्ययन पूरा गर्नु भएकी श्रेष्ठले अमेरिका आएर १२ वर्षको अनवरत अध्ययन अनुसन्धान पश्चात् विद्यावारिधि उपाधि हासिल गर्नुभएको हो ।
    रासससँग आफनो सफलताको कथा भन्ने क्रममा श्रेष्ठले मानव भएर केवल व्यक्तिगत फाइदाको विषयमा मात्र केन्द्रित हुननहुने भएकाले त्यसलाई अझै विस्तार गर्न योगदान गर्नु पर्ने धारणा राख्नुहुन्छ । काठमाण्डौँको कमलादीमा जन्मनुभएकी श्रेष्ठ मानव शरीरको जटिल मानिने मस्तिष्क विज्ञानसँग जोडिनु बुबा र आमाको देन पनि हो की भन्नु हुन्छ । मेरो पिताजी मङ्गलमोहन श्रेष्ठ र आमा मैया श्रेष्ठले मेमोरी कन्र्सन भनेर खोल्नु भएको फोटो स्टुडियो र मेरो मानव मेमोरीमा काम गर्ने रोडम्यापले कतै न कतै समन्वय गरेको छ की भन्ने अनुभूतिमा ममा हुन्छ – मस्तिष्क विज्ञानलाई रुचिको विषय बनाइएको वारेमा उहाँको टिप्पणी रहेको थियो । सन् २०१५ को नेपालको भूकम्प र २०१९ कोरोना महामारीका कारण कतिपय मानिसमा मानसिक स्वास्थ्यमा असर परेको हुनसक्ने भन्नुहुँदै श्रेष्ठ थप्नु हुन्छ मैले हासिल गरेको अनुभव र सीपलाई नेपाली भूमिमा साटासाट गर्न म सदैव तयार छु । उहाँले नेपालमा पनि सरकारी निकायबाट अध्ययन अनुसन्धान ,विज्ञानको क्षेत्रलाई महत्वमा राखेर कुनै न कुनै तरिकाले प्रोत्साहन दिन सक्नुपर्छ । उहाँ भन्नुहुन्छ – स्रोत र साधनको परिचालनलाई विविधीकरण गर्न गाह्रो पर्ने नेपालजस्ता देशमा वैज्ञानिक अध्ययन अनुसन्धानको लागि सरकारले प्रोत्साहन दिने र दीर्घकालीन रणनीतिअनुसार काम गरेको खण्डमा मात्र वैज्ञानिक र अनुसन्धानकर्ताहरुलाई आकर्षित गर्नसकिन्छ । भावी पिढीलाई सुझाव दिदै श्रेष्ठ भन्नुहुन्छ – कुनै पनिैज्ञानिक अध्ययन अनुसन्धानको लागि सरकारले प्रोत्साहन दिने र दीर्घकालीन रणनीतिअनुसार काम गरेको खण्डमा मात्र वैज्ञानिक र अनुसन्धानकर्ताहरुलाई आकर्षित गर्नसकिन्छ । भावी पिढीलाई सुझाव दिदै श्रेष्ठ भन्नुहुन्छ – कुनै पनि
    (रासस)

    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    • १

      सुनमा विलासिता कर लगाउने निर्णयले व्यवसायी आक्रोशित, मूल्यवृद्धि र तस्करीको चिन्ता
    • २

      आज देशभर वर्षाको सम्भावना, कोसीदेखि लुम्बिनीसम्म भारी वर्षाको चेतावनी
    • ३

      एमसिसी नेपालमा निरन्तर रहने पुष्टि, अमेरिकी दूतावासद्वारा कार्यान्वयन अगाडि बढाउने स्पष्ट संकेत
    • ४

      भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग कायमै, सांसदहरूको अवरोधबीच सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै
    • ५

      आजका लागि विदेशी मुद्राको विनिमय दर
    सम्पर्क

    अनुसन्धानात्मक प्रकाशन समूह प्रा. लि.
    काठमाण्डौ नेपाल
    फोन नम्बर: ०१-४२३९५५०
    इमेल : [email protected]
    [email protected]
    सुचना विभाग दर्ता नम्बर: ४९९ / ०७४-७५

    हाम्रो टिम

    सम्पादक : ज्ञान प्रसाद पौडेल
    प्रबन्ध निर्देशक: रत्नमणि दाहाल
    अमेरिका: पूर्ण सिंह बराईली

    समाचारदाता: एस.एम. पौडेल
    के.पि. पौडेल
    देव गौतम

    महत्वपूर्ण लिंकहरु
    • Terms & conditions
    • Privacy policy
    • हाम्रो बारेमा
    • सम्पर्क
    • युनिकोड
    सोसल मिडिया

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij

    सर्च खोज्नुहोस्

    Logo
    • गृहपृष्ठ
    • समाचार
      • अर्थ-राजनीति
      • विश्व
      • मनाेरञ्जन
      • साहित्य
      • खेलकुद
      • शिक्षा/स्वास्थ्य
      • जनशक्ति
      • जीवनशैली
      • विकास
      • पत्रपत्रिकाबाट
    • बैंक/वित्त
      • बिमा
      • सहकारी
      • विविध
    • सेयर
    • उद्योग / वाणिज्य
      • पर्यटन
      • कृषि
      • सेवा
      • सूचना प्रविधि
    • भन्सार/राजश्व
    • बजार
    • एनआरएनए
    • नयाँसडक विशेष
    • विचार
      • अन्तर्वार्ता
      • सम्पादकीय
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    English
    नयाँसडक TV