Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपाल र भारतबीचको सीमा समस्याको समाधान  राजनीतिक सहमतिका आधारमा खोजिनुपर्ने परराष्ट्र मन्त्रीको भनाइ


नया सडक

२०८०, माघ १५ सोमबार

  • 648
    Shares

  • नेपाल र भारतबीचको सीमा समस्याको समाधान  राजनीतिक सहमतिका आधारमा खोजिनुपर्ने  परराष्ट्र मन्त्रीको भनाइ

    काठमाडौ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र भारतबीचको सीमा समस्याको समाधान  राजनीतिक सहमतिका आधारमा खोज्नुपर्ने बताएका छन् ।

    सोमबार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनलेयस्तो बताएका हुन् । सीमा समस्या समाधानका लागि बनेको प्रशासनिक संयन्त्रले प्राविधिक काम गरेपछि राजनीतिक रुपमा समाधानको बाटो खोज्नुपर्ने उनले बताए ।

    उनका अनुसार सीमानाको समस्या समाधान गर्दा राजनैतिक रुपमा सहमति हुनुपर्छ,। त्यसका लागि हामीसँग प्रशासनिक रुपमा पनि मेकानिजम छ । त्यो मेकानिजम क्रियाशील हुनुपर्छ । त्यो क्रियाशील भइसकेपछि तथ्यको आधारमा दुई वटै छिमेकीले एक आपसमा कुटनीतिक किसिमले बसेर यो समस्याको समाधान गर्नुपर्छ । यो कुरा दुवै देशको बीचमा सुरु भइसकेको उनले भने ।

    भारतका परराष्ट्रमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा दुवै देशका प्रतिनिधिले सीमा समस्या वार्ता र छलफलको माध्यमबाट समाधान गर्ने प्रतिवद्धता जनाएको पनिउनले बताए ।

     

    प्रतिक्रिया दिनुहोस