Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री


नया सडक

२०८०, माघ १५ सोमबार

  • 777
    Shares

  • दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री

     

    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताउनुभएको छ ।

     

    बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयद्वारा जानकारी दिइएको छ । 

     

    प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको स्पष्ट हुँदाहुँदै पनि यस व्यवस्थाका विरुद्ध उभिने र षड्यन्त्रूर्ण गतिविधि गर्ने  काम भएको भन्दै यस्तो अधिकार कसैलाई नभएको स्पष्ट पार्नुभयो ।रासस

    प्रतिक्रिया दिनुहोस