Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

राजमार्गमा हुने चेकिङ विश्रामस्थलमा मात्र गर्न यातायात व्यवसायीहरूको सुझाव

राजमार्गमा हुने चेकिङ विश्रामस्थलमा मात्र गर्न यातायात व्यवसायीहरूको सुझाव

  • काठमाडौं । यातायात व्यवसायीहरूले बढ्दो दुर्घटना कम गर्न  राजमार्गमा हुने चेकिङ विश्रामस्थलमा मात्र गर्न सुझाव दिएका छन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई यस्तो सुझाव दिएको हो । नेपाल प्रहरी र ट्राफिक प्रहरीले  एउटै प्रदेश र जिल्लामा सञ्चालित सार्वजनिक सवारीसाधनलाई पटक–पटक जाँच गर्दा द्वन्द्वकालको जस्तो अनुभूति हुने र चालक तथा परिचालकले मानसिक तनाव भोग्नुपरेको संघका अगुवा व्यवसायीहरूले बताए।

    दुर्घटनापछिको उद्धारमा हुने ढिलाइ, दुर्घटनापछि प्रहरी प्रशासन मौन बस्ने, प्रहरीले मिलेर आउनुहोस् भन्ने अभिव्यक्तिले यातायात व्यवसायीले २४ घण्टाभित्र सवारीसाधन नपाएको भन्दै व्यवसायीले विरोध जनाएका छन् ।

    व्यवसायीहरूले देशभरिका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा विश्रामस्थल राखी सोही स्थानमा चेकिङ गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij