Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रधानमन्त्री दाहालसँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेट


नया सडक

२०८०, माघ १६ मंगलबार

  • 603
    Shares

  • प्रधानमन्त्री दाहालसँग बेलायतका सेनाध्यक्षको शिष्टाचार भेट
     
    काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गर्नुभएको छ । 
     
      प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा नेपाल–बेलायत सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँहरूबीच द्विदेशीय सहयोग विस्तारबारे पनि छलफल भएको थियो । 
     
    नेपालको प्रमुख विकास साझेदार बेलायतले नेपालको सामाजिक–आर्थिक उन्नयनका निम्ति निरन्तर सहयोग गरेकामा प्रधानमन्त्री दाहालले हार्दिक आभार व्यक्त गर्नुभएको थियो । 
     
    शिष्टाचार भेटमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालका लागि बेलायतका राजदूत तथा यहाँस्थित बेलायती राजदूतावासका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो । 
     
    आजै उहाँले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का तथा प्रधानसेनापति प्रभुराम शर्मासँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको थियो ।रासस

     

    प्रतिक्रिया दिनुहोस