Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सर्वोत्तम सिमेन्टको  आइपीओ : वैदेशिक रोजगारीमा रहेकालाई गोलाप्रथाबाट सेयर बाँडफाँट


नया सडक

२०८०, माघ १७ बुधबार

  • 588
    Shares

  • सर्वोत्तम सिमेन्टको  आइपीओ : वैदेशिक रोजगारीमा रहेकालाई गोलाप्रथाबाट सेयर बाँडफाँट

    काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरेको आइपीओ बुधबार बाँडफाँट भएको छ । सर्वोत्तमले नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिबाट जारी गरेको यस आइपीओमा गोलाप्रथामार्फत ५ हजार ३४० जनाले सेयर पाएका छन् । उनीहरुले ५० कित्ताका दरले सेयर पाएका हुन् ।यसमा वैदेशिक रोजगारीमा रहेका ३३ हजार ८२४ जनाले आवेदन दिएकामा ३३ हजार ८१० जनाको आवेदन योग्य ठहरिएको थियो ।

    योग्य आवेदकमध्ये गोलाप्रथामार्फत ५ हजार ३४० जनाले सेयर पाएका हुन् । कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको थियो । बुक विल्डिङ विधिमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ । सोही बमोजिम न्यूनतम ५० कित्ताका दरले नै सेयर बाँडफाँट गरिएको हो । आइपीओका नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, सह बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिनेछ । 

    प्रतिक्रिया दिनुहोस