Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

कामना सेवा विकास बैंकको ५ लाख ९ हजार कित्ता संस्थापक सेयर लिलामी  बिक्री खुला 


नया सडक

२०८०, माघ १७ बुधबार

  • 576
    Shares

  • कामना सेवा विकास बैंकको ५ लाख ९ हजार कित्ता संस्थापक सेयर लिलामी  बिक्री खुला 

    काठमाडौं ।  कामना सेवा विकास बैंकले आज ९माघ १७ गते० देखि ५ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् ।

    संस्थापक सेयरको प्रतिकित्ता भाउ १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।  यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । आवेदकले प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसमा माघ २३ गतेसम्म आवेदन दिन सकिनेछ । 

    प्रतिक्रिया दिनुहोस