काठमाडौं । काठमाडौं महानगरपालिकाले धरहरासँगै बनेको भवनको भूमिगत पार्किङमा पार्किङ सेवा उपलब्ध गराएपछि त्यस क्षेत्रमा जाने बस्ने सेवाग्राहीलाई सहज भएको छ । न्यूरोड, सुन्धारा, खिचापोखरीलगायतका क्षेत्रमा जानेहरूले त्यहाँ सवारी साधन पार्किङ गर्न पाएकोमा सहज महशुस गरिरहेका हुन् ।
महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङ दिएकोमा उनीहरूले खुसी व्यक्त गर्छन् ।न्यूरोड जान त्यहाँबाट ५–७ मिनेट समय लाग्छ । त्यहाँ निःशुल्क र सुरक्षित पार्किङ गर्न पाएबाट सेवाग्राहीहरूलाई तनावको ठाउँमा सहजता उपलब्ध हुन्छ ।
राजधानीको सबै भन्दा महत्वपूर्ण व्यापारिक क्षेत्र भएकाले यहाँ आफ्नो सवारीमा आउनेहरूलाई पार्किङको तनाव हुने गरेको थियो । धरहराको पार्किङ सुविधाप्रति प्रतिक्रिया जनाउँदै सेवाग्राहीहरू भन्छन् “ काठमाडौंका अन्य स्थानमा पनि सरकारले नै अपनत्व लिएर पार्किङ बनाए जनताले धेरै खुसी हुन्छन् ।”उनीहरू भन्छन् “ न्युरोडमा पहिले पार्किङका नाममा लुट थियो । पार्किङको ठेक्का लिनेले बदमासी गर्ने गरेका थिए ।”ती सेवाग्राहीहरूले महानगरपालिकाबाट धुलो सफाइ र बत्तीको व्यवस्था हुनुपर्ने चाहना व्यक्त गरेका छन् ।पार्किङमा अँध्यारो भएकाले टर्च बालेर जानुपर्ने अवस्था छ ।
काठमाडौं महानगरपालिकाले न्युरोड जाने सवारीसाधनलाई पर्याप्त पार्किङ विकल्प दिने भन्दै पुरानो बसपार्कस्थित काठमाडौं टावर र धरहराको भूमिगत पार्किङ निःशुल्क उपलब्ध गराएको थियो । ९ माघदेखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि महानगरले यो विकल्प दिएको हो । माघ ९ गतेदेखि न्यूरोड क्षेत्रमा कालोपत्रे सडकमा पार्किङ निषेध गरेपछि त्यसक्षेत्रका स्थानीयबासिन्दा र व्यापारीहरूले विरोध जनाइ आन्दोलनको घोषणा गरेका थिए ।
महानगरका अनुसार न्यूरोडको विकल्पमा २ हजार २ सय दुई पाङ्ग्रे र काठमाडौं टावरमा ३ सय चार पाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने स्थान निःशुल्क उपलब्ध गराएको छ ।पहिले न्यूरोडको कालोपत्रे सडकमा गरिने सवारी पार्किङ संख्याभन्दा यो धेरै हो । अहिले धरहरा पार्किङ भवनमा उपलब्ध गराइएको स्थानमा मात्र पनि १ हजार ५ सय दुई पाङ्रग्रे अटाउन सक्छ ।महानगरपालिकाले सुन्धारामा चार पाङ्ग्रेलाई भने पार्किङ खुला गरेको छैन। काठमाडौं टावर पहिलेको पुरानो बसपार्कमा ७ सय दुई पाङ्ग्रे र ३ सय
महानगरको दाबीअनुसार यसबाहेक पाङ्ग्रे न्यूरोडमा पार्किङ प्रयोजन देखाएर निर्माण भएका धेरै व्यापारिक भवनमा समेत पार्किङ सुविधा छ । ताम्राकार कम्प्लेक्स, आरबी कम्प्लेक्स, रञ्जना कम्प्लेक्स, पशुपति प्लाजा, विशाल बजारलगायत भवनको भूमिगत तलामा पार्किङ गर्न सकिने व्यवस्था छ ।