Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

जिप दुर्घटनामा दुई भुटानी नागरिकको मृत्यु


नया सडक

२०८०, माघ १७ बुधबार

  • 666
    Shares

  • जिप दुर्घटनामा दुई भुटानी नागरिकको मृत्यु

    चौतारा ।  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । 
     
    बा२च ४४५० नम्बरको जिप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जीवकुमार यादवले जानकारी दिनुभयो । मृत्यु हुनेमा ३३ वर्षीय अब्गे र ७१ वर्षीया वाङ्मु रहेका छन् । दुवैजनाको घट्नास्थलमै ज्यान गएको हो । 

    दुर्घटनामा  घाइते हुनेमा चार भुटानी र एक नेपाली नागरिक रहेका प्रहरी निरीक्षक यादवले बताउनुभयो । घाइते हुनेमा सिन्धुपाल्चोकको  हेलम्बु गाउँपालिका–२ का चालक ४२ वर्षीय रामचन्द्र भण्डारी तथा भुटानी नागरिक ७४ वर्षीय हाइज, ४२ वर्षीया फुपा छिरिङ, ६५ वर्षीया गुची  र ५६ वर्षीय फुँङ रहेका छन् । 

    घाइतेलाई उपचारका लागि  हेलिकप्टरमा काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस