Logo

May 20 2025 | २०८२, जेठ ६गते

May 20 2025 | २०८२, जेठ ६गते

images

भारतीय मालवाहक सवारी साधन प्रवेशमा कडाइ गर्न व्यापारीहरूको सरकारसँग आग्रह

भारतीय मालवाहक सवारी साधन प्रवेशमा कडाइ गर्न व्यापारीहरूको सरकारसँग आग्रह

  • काठमाडौं । सवारी साधन बिक्री वितरण गर्ने व्यापारीहरूले भारतीय मालवाहक सवारी साधन प्रवेशमा कडाइ गर्न सरकारसँग आग्रह गरेका छन् ।नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको व्यापारीहरूको एक  प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटगरी यस्तो आग्रह गरेको हो ।

    नेपालमा मालमालवाहक इन्डियन ट्रक निर्वाध रुपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्नसक्ने व्यवस्थाबाट खासगरी नेपालको मालवाहक सवारी साधनहरुको बिक्री र त्यसको व्यवसायमा गम्भीर  असर परेको भन्दै भारतीय मालवाहक साधनहरुलाई नेपालमा २४ घण्टाको मात्र समयावधि दिने र भन्सार बिन्दुबाट अधिकतम १६ किमीसम्म मात्र सञ्चालन गर्न दिने व्यवस्थाका लागि व्यापारीहरूले आग्रह गरे ।

    व्यापारीहरूले नेपाल भारतबीच खुल्ला सीमानाको कारणले भारतबाट भारी मात्रामा अनधिकृत रुपमा लुव्रिकेन्टस, टायर तथा अटोमोबाइल स्पेयर पाट्र्सको आयात हुँदै आएको जानकारी उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठलाई   गराए । यसले एकातर्फ नेपालका लुब्रिकेन्टस र टायरटयूव उद्योगहरुलाई गम्भीर  असर परिरहेको र अर्कोतर्फ ती वस्तुहरुको अनधिकृत आयातका कारण नेपालमा बसेर आधिकारिक व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु आफ्नो व्यवसायमा टिकिरहन ज्यादै कठीन भएको उनको उनीहरूको भनाइ थियो ।

    उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले पहिलेको २४ घण्टाको समयअवधिलाई  ७२ घण्टा पुर्याइएको र सीमा नाकामा भईरहेको समस्याहरुबारे गहिरो चासो राख्दै यस्ता समस्याहरुको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताए ।

    उक्त  प्रतिनिधिमण्डलमा  नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्यद्धय ऋद्धि कार्की, नारायणप्रसाद पौडेल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij