Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

सुन तस्करी विषयमा  छानबिन गर्न गठित उच्चस्तरीय समितिद्वारा केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यसँग सोधपुछ

सुन तस्करी विषयमा  छानबिन गर्न गठित उच्चस्तरीय समितिद्वारा केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यसँग सोधपुछ

  • काठमाडौं । सुन तस्करी विषयमा  छानबिन गर्न गठित उच्चस्तरीय समितिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यसँग सोधपुछ गरेको छ ।

    ६१ किलो सुन तस्करी प्रकरणमा मुछिएका एक आरोपी प्रहरी कार्यालयमा पुगेर पनि छुटेको सन्दर्भमा समितिले  उनीसँग सोधपुछ गरेको हो । 

    समितिले सुन प्रकरणको अनुसन्धान अधिकृत डीएसपी दुर्गाराज दाहालसँग पनि सोधपुछ गरेको छ । भेपमा लुकाएर तस्करी भएको ९ किलो सुनको सन्दर्भमा रहेर उनीसँग कुरा भएको हो। 

    सरकारले तीन महिनाको समय सीमा तोकेर  सुनतस्करीबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको थियो । तीन महिनाको समय सीमा सकिएपछि फेरि थप भएको अवधिमा आयोगले सुन प्रकरणसँग सम्बन्धित अन्य व्यक्तिहरुसँग बयान लिइरहेको छ ।

    समिति स्रोतका अनुसार केहीअघि सहसचिव झलकराम अधिकारीको पनि बयान लिइएको थियो । सुन तस्करी प्रकरणमा जोडिएका दावा छिरिङसँग भएको संवादको विषयलाई लिएर उनीसँग सोधपुछ भएको हो ।

    अध्यागमन विभागमा महानिर्देशक रहेका बेला दावासँग उनको कुराकानी भएको विवरण सार्वजनिक भएका बेला मन्त्रालयले उनको जिम्मेवारी खोसेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij