Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

कर्णाली डेभलपमेन्ट बैंकको खुद नाफा १९२.१६ प्रतिशतले  बढ्यो


नया सडक

२०८०, माघ १८ बिहीबार

  • 651
    Shares

  • कर्णाली डेभलपमेन्ट बैंकको खुद नाफा १९२.१६ प्रतिशतले  बढ्यो

    काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएपनि खुद नाफामा उल्लेख्य सुधार भएको छ । बैंकले इम्पेयरमेन्ट रिभर्सल गरेपछि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ करोड ७८ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा १९२.१६%धेरै हो । बैंकको खुद ब्याज आम्दानी २१.११% ले घटेर ६ करोड ११ लाख ७३ हजार रुपैयाँमा आएको छ ।

    कर्णलीले ३ करोड ६४ लाख रुपैयाँ इम्पेयरमेन्ट रिभर्सल गरेपछि खुद नाफामा आकर्षक सुधार भएको हो । हाल कर्णालीको चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ छ । रिजर्भ कोषमा पनि आकर्षक वृद्धि भएको छ । यसको रिजर्भ ६९५.३८% ले बढेर ३९ करोड २३ लाख रुपैयाँ पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस