Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सुनको अवैध कारोबार गरेको आरोपमा पक्राउ व्यापारी छुटाउन सुनचाँदी व्यवसायी संघको विरोध प्रदर्शन


नया सडक

२०८०, माघ १८ बिहीबार

  • 1.5k
    Shares

  • सुनको अवैध कारोबार गरेको आरोपमा पक्राउ व्यापारी छुटाउन सुनचाँदी व्यवसायी संघको विरोध प्रदर्शन

    काठमाडौं । बाहिरबाट बिल बिनाको सुन ल्याएको भन्दै  जनकपुरधामका सुनचाँदी व्यावयासी बलराम साह, अरुण कुमार ठाकुरसहित चार जनालाई पक्राउ परेको विरोधमा जनकपुरधामका सुनचाँदी पसलहरु बन्द गरिएको छ ।

    जनकपुरधाम सुनचाँदी व्यवसायी संघको आह्वानमा सुनचाँदी पसलहरु व्यावसायीले बन्द गरेका हुन् ।  व्यावसायीद्वय साह, ठाकुरसहितलाई तत्कालै रिहा नगरे थप आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने संघको चेतावनी छ ।

    बाहिरबाट बिल बिनाको सुन ल्याएको भन्दै प्रहरीले साह र ठाकुरलाई धनुषा प्रहरीले बुधवार पक्राउ गरेको थियो । यस्तै सिरहा मिर्चयाका व्यवसायीद्वय रोशनी ज्वेलर्सका अजय साह सोनार र संजय साह सोनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    साह र ठाकुरले सिरहाको मिर्चैयाबाट सुनको अवैध कारोबार गरेको प्रहरीको दाबी छ ।   उनी चारै जनालाई  राष्ट्रिय राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ ।
     

    धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले सुनको बिलबिजक बिना खरिदबिक्री गरेकाले व्यावयासीहरुलाई नियन्त्रणमा लिएको भनाइ  सार्वजनिक गरेका छन् ।

    व्यावसायीद्वय साह र ठाकुरलाई पक्राउ गरेको विरोधमा बुधवार जनकपुरधामका सुनचांदी व्यावसायीहरु टायर बालेर प्रदर्शन गरेका थिए । आजबाट पसलहरु अनिश्चितकालीन बन्द गरेर दुवैजनालाई रिहा गर्न प्रशासनलाई दबाब दिएको छ ।

    आज सुनचाँदी व्यावसायीहरु र गरगहना बनाउने कालिगढहरु प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरु जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए । तर सुरक्षाकर्मीले त्यहाँबाट हटाएको छ ।

    प्रतिक्रिया दिनुहोस