Logo

Aug 19 2025 | २०८२, भदौ ३गते

Aug 19 2025 | २०८२, भदौ ३गते

images

अमेरिकाको चिकित्सक लाइसेन्स परीक्षामा सामेल ८ सय नेपाली चिकित्सकको परीक्षा परिणाम खारेज

अमेरिकाको चिकित्सक लाइसेन्स परीक्षामा सामेल ८ सय नेपाली चिकित्सकको परीक्षा परिणाम खारेज

  • काठमाडौँ । अमेरिकाको चिकित्सक लाइसेन्स परीक्षामा सामेल ८ सय नेपाली चिकित्सकको परीक्षा  परिणाम खारेज भएको छ । अमेरिकी चिकित्सा परीक्षा नियामक निकाय  युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (यूएसएमएलई) ले ८ सय नेपाली चिकित्सकहरूको लाइसेन्स परीक्षाको नतिजा रद्द गरेको  हो । २०२३ मा नेपालबाट परीक्षामा सामेल भएकाहरूको नतिजामा अस्वाभाविक अंक देखिएको यूएसएमएलईको ठहर छ । यसले नेपालबाट सहभागी भएकाहरूमा अन्यौल थपिएको छ ।

    अमेरिकी चिकित्सक लाइसेन्स परीक्षामा सामेल नेपाली चिकित्सकहरू मध्ये धेरैले असामान्य रूपमा एकै ढाँचामा उत्कृष्ट नतिजा ल्याएको पाइएकोले   अनुसन्धान थालिएको यूएसएमएलईले जनाएको छ । 

    यूएसएमएलईले  जारी गरेको विज्ञप्तिमा भनिएको छ “  जारी अनुसन्धानमा नेपाली परीक्षार्थीले अत्यधिक अंक प्राप्त गर्ने एकै ढाँचा देखियो, जसले उनीहरूले प्राप्त गरेको अंकमाथि नै प्रश्न खडा गर्‍यो  सबै परीक्षार्थीको एउटै ढाँचा देखिनुले परीक्षा अगावै प्रश्नपत्रमाथि अनधिकृत पहुँच थियो भन्ने संकेत गर्छ । ”

    यूएसएमएलईले शंकाको घेरामा परेका परीक्षार्थीको नतिजा रद्द गर्दै पुनः परीक्षामा सहभागी हुन सूचितसमेत गरेको छ । प्राप्त जानकारी अनुसार परीक्षाहरूको उत्तर दिने ढाँचा उस्तै रहेको र प्राप्तांक पनि उस्तै रहेकोले शंका उब्जिएको हो ।  कतिपय सहभागीले पूर्व प्रश्नपत्र हेरी तयारी गरिएको र सोही प्रश्नपत्र आएकोमा जवाफ दिँदा सहभागीहरूको दोष लगाउन नहुने बताइरहेका छन् । 


    तर सो नियामक निकाय यूएसएमएलईले  पूर्वपरीक्षाका प्रश्न वा सामग्री कुनै पनि तरिकामा प्रयोग गर्नुलाई  गलत क्रियाकलाप भएको जनाएको छ । पहिलेका प्रश्नपत्र वा परीक्षा सामग्री खोजी गर्नु, अनलाइन वा व्यक्तिगत रूपमा प्राप्त गर्ने प्रयास गर्नु गलत हो । परीक्षाको समयमा वा परीक्षा सकिएपछि पनि औपचारिक/अनौपचारिक रूपमा परीक्षामा आएका प्रश्नबारे छलफल गर्नु वा सामाजिक सञ्जालबाट साझा गर्नु गलत भएको जनाएको छ । तर कतिपयले  नेपालका परीक्षा केन्द्रबाट प्रश्नपत्रको स्क्रिनसट तथा तस्बिर पनि बाहिरिएको तर कतिपयले दाबी गर्छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij