Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

डेढ सय बढी देशसँग व्यापारसम्बन्ध विस्तार ,आसन्न छिमेकीसँग व्यापार घाटा ठुलो टाढिएका अमेरिकालगायतसँग नाफा न्यून

डेढ सय बढी देशसँग व्यापारसम्बन्ध विस्तार ,आसन्न छिमेकीसँग व्यापार घाटा ठुलो टाढिएका अमेरिकालगायतसँग नाफा न्यून

  • काठमाडौँ । विश्वका डेढसय बढी देशसँग व्यापारसम्बन्ध विस्तार भएको छ । आसन्न छिमेकी भारत र चीनसँग व्यापार घाटा ठुलो रहेको छ भने टाढाको अमेरिकालगायतका देशसँग व्यापारमा नाफा भएको छ । चालू आर्थिक वर्ष २०८०–८१ को ६ महिनाको अवधिमा विश्वका १५५ देशसँग भएको वैदेशिक व्यापारसम्बन्धी भन्सार विभागको तथ्यांकमा यस्तो देखिएको हो ।

    १५५ वटा देशमध्ये १२८ वटा देशसँग व्यापार घाटामा छ । बाँकी २७ वटा देशसँगको व्यापारमा मात्रै नाफामा छ । व्यापार नाफामा भने न्यून रहेको देखिएको छ ।  सबैभन्दा धेरै व्यापारघाटा दक्षिण छिमेकी भारतसँग ४ खर्ब २४ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी  छ । पहिलो ६ महिनामा भारतबाट नेपालमा ४ खर्ब ७४ अर्ब ८९ करोड रुपैयाँको वस्तु आयात हुँदा ५० अर्ब ४४ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।

    यसैगरी दोस्रो ठुलो व्यापार घाटा उत्तरी छिमेकी चीनसँग १ खर्ब ४५ अर्ब ७९ करोड रुपैयाँ भन्दा बढीको  छ । चीनबाट यस अवधिमा १ खर्ब ४७ अर्ब ३९ करोड रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट जम्मा १ खर्ब ६० करोड रुपैयाँको निर्यात तथ्याङ्कले दर्शाउँछ ।

    यस बाहेक अर्जेन्टिना, अस्ट्रेलिया, बङ्गलादेश, ब्राजिल , क्यानडा, फ्रान्स,ग्वाटेमाला, जर्मनी, हङकङ, इन्डोनेसिया, जापान, कोरिया, मलेसिया, मोरोक्का, न्यूजिल्याण्ड,  ओमान साउदी अ‍ेरियिबा, सिंगापुर, दक्षिण अफ्रिका ,थाइल्यान्ड,टर्की ,तुर्किमिनेस्तान, युक्रेन, युएर्ई, बेलायतर भियतनामलगायतका देशसँग व्यापार घाटा भएको देखिन्छ ।

    वैदेशिक व्यापारमा मुनाफा भएका देशहरूमा अफगानिस्तान बारबुडा अरुबा, बाहामास, चाड, कोलम्बिया, क्रोएसिया, डोमिनिका, जर्जिया, आइसल्यान्ड, किर्गिस्तान, लात्भिया, लाइबेरिया, मालदिभ्स, माल्टा ,मौरिसिनिया, मौरिसस, न्यू क्यालोडोनिया, नर्वे, पानामा, सेक्लेस, सायरा लिओने, सुडान, अमेरिका र युरुग्वेलगायतका रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij