Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नामिबियाका राष्ट्रपति जी गिन्गोब निधन


नया सडक

२०८०, माघ २१ आइतबार

  • 633
    Shares

  • नामिबियाका राष्ट्रपति जी गिन्गोब निधन

    विन्डहोक । नामिबियाका राष्ट्रपति जिन्गोबको निधन भएको छ । राष्ट्रपति हेज जी गिन्गोबको आइतबार बिहान राजधानी विन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ। उहाँ क्यन्सर पीडित हुनुहुन्थ्यो ।
    'अत्यन्तै दुस्ख र खेदका साथ यो जानकारी गराउँदछु ( प्यारा डा. हागे जी. गिन्गोब, नामिबिया गणतन्त्रका राष्ट्रपति, आज, आइतबार बिहान ४ बजे लेडी पोहाम्बा अस्पतालमा निधन भएको छ' राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
    विज्ञप्तिमा भनिएको छ, 'नामिबियाले जनताको एक जना प्रतिष्ठित सेवक, मुक्ति सङ्घर्षका प्रतीक, हाम्रो संविधानको प्रमुख संरक्षक र सारा नामिबियाई जनताको घरको स्तम्भ गुमाएको छ।;
    शनिबार मात्रै  उपराष्ट्रपति एम्बुम्बाले राजधानी शहर विन्डहोकको लेडी पोहम्बा अस्पतालमा क्यान्सरको केमोथेरापी उपचार गराएपछि गिन्गोब गम्भीर तर स्थिर अवस्थामा रहेको जनाकारी गराउनु भएको थियो । उहाँ ८२ वर्षका हुनुहुन्थ्यो । 

    प्रतिक्रिया दिनुहोस