Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

टेन्सेन्टद्वारा १२० भन्दा बढी कर्मचारीलाई बर्खास्त


नया सडक

२०८०, माघ २१ आइतबार

  • 627
    Shares

  • टेन्सेन्टद्वारा १२० भन्दा बढी कर्मचारीलाई बर्खास्त

    बेइजिङ । चिनियाँ विशाल प्रविधि कम्पनी टेनसेन्टले सन् २०२३ मा भ्रष्टाचार, अनियमितता तथा जालसाजीसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा १२० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको छ ।

    हङकङमा सूचिकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता र लोकप्रिय सुपर–एप विच्याटको लगानीकर्ता हो ।

    टेन्सेन्टका संस्थापक पोनी माले सन् २०२२ मा आफ्नो कम्पनीमा भएको भ्रष्टाचारको स्तरलाई ‘स्तब्ध पार्ने’ घटनाका रूपमा उल्लेख गर्नुभएको छ । 

    टेन्सेन्टका अनुसार गत वर्ष ७० भन्दा बढी आचारसंहिता उल्लङ्घनका घटना भएका थिए ।

    समूहले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “१२० जनाभन्दा बढीलाई कम्पनीबाट बर्खास्त गरिएको छ र करिब २० सचेत गराइएको छ ।

    बर्खास्त गरिएका कर्मचारीमध्ये केही समूहको समाचार, खेल र फिल्मजस्ता सामग्रीप्रसारणका लागि जिम्मेवार परामर्श (पीसीजी) शाखाका थिए । 

    अन्यले टेनसेन्टको चीनको ठूलो बजार हिस्सा टेलिमेडिसिन अनुप्रयोगहरूको समूहको चिकित्सा सेवा शाखामा काम गर्थे । 

    टेन्सेन्टले सजाय पाएकामध्ये एक कर्मचारीलाई चार वर्षको जेल सजाय र एक लाख युआन अर्थात् १४ हजार अमेरिकी डलर बराबर जरिवाना गरिएको छ ।

    चीनमा १८ वर्षमुनिका खेलाडीका लागि अनलाइन गेमिङ टाइममा लगाइएको प्रतिबन्धलेसमूहको नाफामा धक्का पुगेको समयकर्मचारीहरूलाई विभिन्न बहानामा निस्काशित गरिएको थियो । 

    टेन्सेन्टले विशेष गरी युरोपमा थप अवसरहरूको खोजी गरिरहेको छ, जहाँ यसले प्रमुख गेमिंग स्टुडियोहरूमा वैध लगानीको अवसर प्राप्त गरेर आफ्नो स्थितिलाई बलियो बनाइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस